धरान–१५ हिन्दुपति मार्गमा बसोबास गर्ने ५२ वर्षकी जुना बिश्वकर्मा ३ महिना देखि किड्नीको समस्याले दिनानुदिन मृत्युको मुखमा पुग्नु भएको भन्ने समाचार आए पछी अत्यन्तै चिन्ता र चासोका साथ दलमर्दन कामी र अमेरिकामा कार्यरत मुक्ति अभियान नेपालका उपाध्यक्ष दिपा बराइली मायो ज्युको सक्रियतामा सन्कलित रकम आज असोज २२ मा एक मुस्ट रकम रू ३२५५०/- अक्ष रुपि बत्तीस हजार पाँच सय पचास रुपैया महाप्रतिबाद साप्ताहिकका सम्पदक तारा लामगादे मार्फत बुझाएको छ।
दलमर्दन कामी र दिपा बराइली माबो ले गरिको अपिल लाई यथासक्दो सहयोग गरि आज सो रकम बुझाएको नयाँ शक्ति पार्टी नेपाला केन्द्रिय कार्यकारी सदस्य दलमर्दन ले बताएका छ्न ।
बर्सौ देखि आर्थिक अभाबका कारण बिहान बाट दिनभरी सुनसरीको धरान बजारमा सागसब्जी डुलाएर अपांग श्रीमान् लाई पाल्दै आउनु भएकी धरान–१५ हिन्दुपति मार्गमा बसोबास गर्ने ५२ वर्षकी जुना बिश्वकर्मा ३ महिना देखि किड्नीको समस्याले दिनानुदिन मृत्युको मुखमा पुग्नु भएको छ।
धरान बजारमा डोकोमा सागसब्जी डुलाएर बेच्ने र त्यसबाट प्राप्त मुनाफाबाट आफ्नो अपांगता भएका श्रीमान सहित सम्पुर्ण परिवार को हेरचाह गर्नु हुन्थ्यो ।
उहाका श्रीमान् ५३ वर्षका भिमबहादुर बराइली २०४२ सालमा सेतो मच्छडले टोकेपछि शारीरिक रुपमा अशक्त हुनुभएको हो ।
तिन महिना अघि एक्कासि कम्मर तथा ढाड अत्याधिक दुःख्ने, हिडडुल गर्न नसक्ने अवस्था भएपछि गत जेष्ठ २८ गते धरान स्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।
डाक्टरले सल्लाह दिए अनुसार अहिले उहाको एउटा किड्नी फ्याक्नु पर्ने बताएका छन तत्काल सो किड्नी फ्याक्नु पर्ने अन्यथा गम्भीर हुने बताएका छ्न किट्नी फाल्नलाइ डेढ देखि दुई लाख रुपैयाँ लाग्ने डाक्टरले बताएका छ्न यसरी दुई लाख रुपैयाँ नहुदा उहाको ज्यान अहिले जोखिममा रहेको छ ।
श्रीमान शारीरिक रुपमा अशक्त अपाङ्गगता भएका कारण आर्थिक श्रोतको अन्य विकल्प छैन । हालसम्म उपचार गराउँदा गराउँदै भएभरको जायजेथा समेत सकेकोले बाध्य भएर आफ्नो ज्यान बचाउनका लागि सबैसँग यथासक्दो आर्थिक सहयोगका लागि अनुरोध गरि आफ्नो ज्यान बचाउन अनुरोध गर्नु भएको छ ।
सहयोग गर्न इच्छुकहरुले हाल धरान–१५ हिन्दुपतिमार्ग स्थित निवासमा प्रत्यक्ष भेटेर वा मोबाइल नम्बर ९८१२३१९५५९ मा सम्पर्क गर्न सक्नु हुनेछ ।