सन्दिप शर्मा
पर्वत जिल्लाको जलजला गाँउपालिका–५ लेखफाँटका अनुप शर्मा अहिले म्युजिक भिडियोमा अभिनय गर्नमै व्यस्त हुन थालेका छन् । उनको अभिनय रहेको नयाँ म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
विगत २ बर्षदेखि म्युजिक भिडियोमा अभिनय गर्न थालेका अनुपले हालै विन्ध्यवासिनी म्युजिक प्रा.लि. र सर्वसम्मान म्युजिक प्रा.लि.ले ल्याएको दशै तिहारका गित फाट्¥यो चोलि आमा र दशैं आयो तिहार आयो बैनी घर आउने छुट्टी पाइदैन बोलको दुई वटा गितको म्याुजिक भिडियो सार्वजनिक भएको छ ।
शर्माको अभिनय रहेको फाट्¥यो चोलि गितमा नबराज पाण्डेको स्वर रबिन लामिछानेको लय र नबराज पाण्डेको शब्द रहेको छ भने दशैं आयो तिहार आयो बैनी घर आउने छुट्टी पाइदैन बोलको गितमा स्वर सञ्जीव अधीकारी, सिता श्रेष्ठ र लय तथा शब्द विनोद वस्नेतको रहेको छ ।