तस्बिर : दर्पन रोकाको फेसबुक बाट
म्याग्दीको मंगला गाउँपालिका–३ बरंजाको झाक्रिपानीमा बाघको आतंकले स्थानीय त्रसित भएका छन् । गोठमा रहेका गाई भैसीका बाच्छा संगै बाख्राहरु समेत मार्ने गरेको स्थानीय युवा दर्पन रोकाले जानकारी दिए ।
उनका अनुसार वुधबार राती झाक्रीपानी लुचाका रण बहादुर रोकाको ७ वटा बाख्रा मारेको छ । बाख्रा पालन व्यवसाय गार्नका लागी सुरु गरेको केही समयमा नै बाख्रा मार्दा रोका निरास हुनुभएको छ ।
बाघले गाउँमा आतंक फैलाउदा गाउँका बासिन्दा दिनको समयमा समेत बालबच्चा एकै छोडेर मेलापात जान पनी नहुने अवस्था आएको गाउँलेहरुको बनाई छ ।
केही समय अघि लुचाका सन्तोष थापाको ३ वटा बाख्रा मारेको घटना केही केही दिनमा नै रोकाको बाख्रा मारेको हो । बरंजाका बासीन्दाले खरायो,सरा,बादर,भालु जस्ता जङ्गली जनावर बाट सधै हैरानी खेपिरहेका उनीहरुको भनाई छ ।