सन्दीप शर्मा/रुप्से दैनिक
पर्वत जिल्लाको जलजला गाउँपालिका –३ पर्वत बेनीमा लायन्स क्लब अफ वेनी मल्लाजको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार केन्द्र बेनी म्याग्दीको समन्वयमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै डिस्टिक एडभाईचर चन्द्रकुमार केसीले समाजमा रचनात्मक क्रियाकलापहरु सञ्चालन गरी एक अर्कामा सहयोगको भवना लायन्सले ल्याएको बताए । कार्यक्रममा क्लवका सदस्य, पर्वत तथा म्याग्दी बेनीका ३० जनाले रक्तदान गरेका थिए । कार्यक्रमलाई सफल तुल्याउन ओम श्री दक्षिणकाली क्रसर उद्योगका सञ्चालक विवेक हमालले खर्चको व्यवस्थापन गरेको क्लबले जनाएको छ । कार्यक्रममा अध्यक्ष श्रीलाल चापागाई, सचिव विक्रम सुवेदी र रक्तदान कार्यक्रमका संयोजक दिनेश बानियाँले समेत मन्तव्य राखेका थिए ।