दलित एकता संजाल नेपाल अन्तराष्ट्रिय समन्वय समितिको संयोजकमा सरु सुनार निर्वाचित भएकी छन् । बुधबार साँझ भएको मतदानमा ३९ मत प्राप्त गरि संयोजकमा सरु सुनार विजयी भएकी हुन् ।
सरु सुनार संजालकी निवर्तमान महासचिव समेत हुन् । संजालले पहिलो पटक महिला संयोजक पाएको हो ।
दलित महिला अधिकारकर्मी समेत रहेकी सरु सुनारको संयोजकत्वमा दलित एकता संजाल नेपाल अन्तराष्ट्रिय समन्वय समितिको ४६ जनाको कार्य समिति बनेको छ ।
संजालको प्रथम उपसंयोजकमा कमला नौबाघ (नेपाली)ले ५४ मत प्राप्त गरि विजयी भएकी छन् भने द्दितिय उपसंयोजकमा संजाल कुवेतका अध्यक्ष समेत रहेका रमेश नेपालीले ४९ मत प्राप्त गरि विजयी भएका छन् । यसैगरी तृतीय संयोजकमा कुमार कालिकोटेले ४३ मत प्राप्त गरि विजयी भएका छन् ।
महासचिवमा कतारबाट याम रसाईली सर्वसम्मत चयन भएका छन् भने सचिवमा युएईबाट ललन बिस्वकर्मा सर्वसम्मतले बिजयी भएका छन् । यसैगरी कोषाध्यक्षमा नेपालबाट शोभा सिन्चौरी सर्वसम्मत चयन भएकी छन् ।
संयोजकमा रमेश लाम्गादे र सरु सुनारले उम्मेदारी दिएका थिए भने उपसंयोजकमा कमला नौबाघ, रमेश नेपाली, पदम नेपाली र कुमार कालिकोटेले उम्मेदवारी दिएका थिए ।
संयोजकमा उम्मेदवारी दिएका रमेश लाम्गादेले ३१ भोट ल्याएर पराजित भए भने उपसंयोजकमा उम्मेदवारी दिएका पदम नेपाली ४० भोट ल्याएर पराजित भएका छन् ।
सहकोषाध्यक्ष, युवा संयोजक र महिला संयोजकमा उम्मेद्बारी नपरेको कारण आईसीसीले चयन गर्ने एवं १४ जना मनोनित सदस्य चयन गर्ने नव निर्वाचित समितिले जानकारी दिएको छ ।
“दलित एकता आजको आवश्यकता छुवाछुत मुक्त समाज निर्माणको लागि सम्पुर्ण नेपालीहरुको सहभागिता” भन्ने मूल नाराका साथ २२, जुलाई २०१३ देखि प्रवाशबाट सुरु भएको सामाजिक अभियान सफलता पूर्वक आफ्नो पाँचौ वर्ष पार गरी छैटौ वर्षमा प्रवेश गरेको छ ।
नव निर्वाचित संयोजक सरु सुनारले चरम अमानवीय जातीय विभेदको अन्य संगै समतामूलक समाज निर्माण गर्ने, दलित महिला, उपेक्षित, उत्पीडित, पिछडिएका अछुत या घृणित दलित शब्दले ओतपोत भएकाहरुको तितो यथार्थको विरुद्ध, स-सम्मान बाच्न पाउने हक, अधिकार, न्याय र समानताका लागि बुलन्द आवाज उठाउदै समाज परिवर्तनमा एक ढिक्का भएर अगाडी बढ्ने बताइन ।
साथै दिनहुँ जातीय छुवाछुत, भेदभावका घटना बढिरहेका र बिशेष गरी महिला बलात्कारका घटना अत्याधिक बढिरहेकाले आफु नेतृत्वको संजाल आइसीसीले दीर्घकालीन समस्या समाधानमा ध्यान दिने र समाजसेवाका कार्यमा पनि लागि पर्ने पनि उनले बताइन ।
आइसीसी छैठौ कार्यकालका लागि मनोनित गरि पठाएका आइसीसी एवं देशहरुका सदस्य सहित यसरि ४६ जनाको कार्य समिति यस्तो छ ।
१. संयोजक : सरु सुनार (नेपाल)
२. प्रथम उपसंयोजक : कमला नौबाघ (नेपाल)
३. दितिय उपसंयोजक : रमेश नेपाली (कुवेत)
४. तृतीय उपसंयोजक : कुमार कालिकोटे (युएई)
५. महासचिव : याम रसाईली (कतार)
६. सचिब : ललन बिस्वकर्मा (युएई)
७. कोषाध्यक्ष : सोभा सिन्चौरी (नेपाल)
सदस्यहरु :
८. कमला मोते, युएई
९. बिरु सुनार, युएई
१०. मान बहादुर नेपाली, युएई
११. प्रकास सुनार, युएई
१२. टीका सिमोन दरनाल, युएई
१३. बिष्णु सागर बिक, नेपाल
१४. मोहन गदाल, नेपाल
१५. सुनिल मिझार , नेपाल
१६. इन्द्रजित राउत (डोम), नेपाल
१७. दुर्गा नेपाली, नेपाल
१८. प्रकाश घिमिरे बिक, कतार
१९. प्रकाश परियार, कतार
२०. छबिलाल सुचिकार , कतार
२१. कुमार बिश्वकर्मा, कतार
२२. पुर्ण ब.नेपाली, कतार
२३. रमन नेपाली, कुबेत
२४. कृष्ण सुनार, कुबेत
२५. प्रदीप नेपाली, कुबेत
२६. रत्न कुमाई , मलेशिया
२७. सुरेन्द्र सेन्च्युरी, मलेशिया
२८. जित हर्मेल, मलेशिया
२९. शिव बिक, मलेशिया
३०. जनक महरा, मलेशिया
३१. सुरेश बराल, ओमन
३२. उमेश बिक, ओमन
३३. दिल शदासंकर, ओमन
३४. होम बिक, अफ़ग़ानिस्तान
३५ . राजु बागदास, बहराइन
३६. पदम बिक, बहराइन
३७ . कृष्ण घतान सुनार, बहराइन
३८ . डि क दर्नाल, साउदी, अरब
३९. दिपेन शिर्मल साउदी, अरब
४०. बादल खाती साउदी, अरब
४१. कबिराज संखर, साउदी अरब
४२. बिष्णु नेपाली, साउदी अरब
४३. रिता रसाइली लोहनी, हङकङ
४४. गणेश रिजाल, जापान
४५. अर्जुन बिक, भारत
साभार : हाम्रोसमाचार बाट
४६. नेत्र परियार, कोरिया