इरुप्से ड्ट्कम / आर्थिक अभावको कारण उपचार गराउन समस्यामा परिरहेका आँखाको क्यान्सर पीडित आठ वर्षिय बालक नजिन बिकलाई सहयोग जुट्न सुरु भएको छ । इरुप्से ड्ट्कमले हिजो मात्रै नजिन विकको बारेमा समाचार सम्प्रेषण गरेको थियो ।
नेपाल मेरी चाइल्ड हेल्प सेन्टर तारकेस्वरका अध्यक्ष गोकर्ण कुंँवर सचीव गोरे तामाङ , कोषाध्यक्ष कोपिला कुँवरले नेपाल क्यान्सर हस्पिटल ललितपुर हरिसिद्दिमा बालक नजिन बिककी आमा उदिमायाँ बिकलाई रू १०,०००/ दस हजार रुपैयाँ सहयोग चेक हस्तान्तरण गर्नुभएको छ । अर्का मंगला गाउँपालिका- ५ छिस्बाङ , म्याग्दी निबासी तारा क्षेत्रीलेपनि २०००। सहयोग गर्नु भएको छ ।
यस्तै अन्य मनकारी ब्याक्ति अथवा संघ संस्थाहरुमा नजिन बिककी आमा उदिमायाँ बिकले सहयोगको अपिल गर्नु भएको छ ।
सहयोगका लागि :-
नजिन बचाउ अभियान्ता : बबिता योन्जन, हाल- काठमाडौं ( 9803446616) ,
आशिष परियार ‘झिल्के’ , दलमर्दन कामी ,
नमुना बिश्वकर्मा समाज ( कुवेत )
गुरु प्रसाद सापकाेटा ( जापान )
खातावालाकाे नाम :- udimaya bk
खाता न. :- 001111300151972000001
बैक :- Joti bikash bank ltd. gairidhara
Kathmandu
( swift code – srblnpka बिदेशबाट पठाउनकाे लागि ।)