सांगीतिक क्षेत्रमा लागेर आफुलाई अघि बढाईरहेका लोक तथा दोहोरी गायक हुन् अशिम कुमार कटुवाल । कहिले माया प्रेमका त कहिले चाडपर्वका विभिन्न गीतहरु गाएर परिचित गायक कटुवाल सबैमाझ उतिकै लोकप्रीय छन् ।
गएको तिजमा साईला बजाउ मादल बोलको गीत मार्फत निकै चर्चाको शिखर चुमेका गायक कटुवालले यतिबेला दशैं गीत बजारमा ल्याएका छन् ।
परदेशीहरुको बेदनालाई समेटेर तयार पारिएको ‘जमरा सुकार’ बोलको दशैं गीत यतिबेला बजारमा चर्चाको शिखरमा छ । परदेशीएका लाखौं नेपालीहरुको यथार्थ भोगाई र कथालाई यस गीतले समेटेको गायक कटुवाल बताउँछन् ।
यस गीतमा बिष्णु तामाङको लय गायक अशिम कुमार कटुवालको शव्द, अशिम कुमार कटुवाल र अमृता रायमाझीको स्वर रहेको छ ।
यस गीतमा रामचन्द्र बोहराको निर्देशन, रिकेश रिजाल, अमृता रायमाझी र सरोज घिमिरेको अभिनय रहेको छ । यो गीतको भिडियोमा बाल कलाकार प्रितिशा बस्नेत र ऐन्जिला केसीले पनि अभिनय गरेका छन्। विजया दशमीको शुभकामना सहित बजारमा आएको अशिम कुमार कटुवालको जमरा सुकारले सोचेजस्तै सफलता पाउने छ ।
भिडियो सहित