मुम्बई – बलिउडमा कुन कलाकारको कहिले प्रेम बस्छ यसै भन्न सकिन्न । अभिनेत्री आलिया भट्टको कुरा गर्ने हो भने उनी यो समय रणवीर कपूरको रिलेशनशिपमा छिन् । यी दुबैको सम्बन्ध ब्वाईफ्रेण्ड र गर्ल फ्रेण्डमा मात्र सिमित छैन । अहिले दुबैको बिबाहको चर्चा पनि चल्न थालेको छ । तर रणबिर भन्दा पहिले आलिया ककसको प्रेममा रहेकी थिइन् । त्यसको चर्चा अहिले गर्न खोजिएको छ ।
आलिया र रणवीर कपुर
आलियाले एक अन्तर्वातामा रणवीरलाई ड्रिमब्वाई बताएकी थिइन् । यी दुबै अहिले रिलेशनमा रहेका छन् । फिल्म ब्रहास्त्रमा समेत यो जोडीलाई छिट्टै देख्न सकिन्छ ।
आलिया भट्ट र कविन मित्तल
बिजनेश म्यान सुनील मित्तलका छोरा कविनसँग आलियाको प्रेम रहेको केही पहिले चर्चामा थियो । उक्त समय आलिया र कविन एक अर्कालाई डेट गर्थे । यी दुबैको भेट एक सेमिनारमा भएको थियो । केही समय डेट पछि यी दुबै अचानक अलग भए ।
आलिया र सिद्धार्थ मल्होत्रा
यी दुबैको सम्बन्धको बिषयमा पनि बलिउड जानकार छ । केही समय यी दुबैको सम्बन्ध रह्यो । निजि समस्याका कारण यी दुबैले आफ्नो सम्बन्धमा ब्रेक लगाए । यी दुबैले एकसाथ केही चलचित्र समेत अभिनय गरेका छन् ।
आलिया र बरुण धवन
बरुणसँग आलियाको प्रेमको मात्र होइन । चलचित्रको पनि चर्चा हुने गरेको थियो । यी दुबैको रिल रोमान्स दर्शकले रुचाएका थिए । तर दुबैको प्रेम लामो समय टिक्न सकेन ।
आलिया र अलि ददास्कर
अलि आलियाको दोस्रो प्रेमी हुन् । कमैलाई मात्र यो बिषयमा थाहा होला । अलि आलियाका क्लासमेट थिए । दुबैले ८ कक्षासँग एकसाथ अध्यायन गरे ।
आलिया र रमेश दुबे
रमेश आलियका पहिलो ब्वाइफ्रेण्ड हुन् । रमेश पनि आलियाका क्लासमेट थिए । यी दुबैले ६ कक्षासँग एकसाथ अध्यायन गरेका थिए ।