नेपाल आइडलका दोस्रो रनरअफ प्रताप दासको नयाँ गीत सार्वजनिक भएको छ । दासको स्वर रहेको ‘अलि अलि तिम्रो माया’को म्युजिक भिडियो सार्वजनिक भएको हो । युवा पुस्तामा लोकप्रिय रहेका दासले मायाँ प्रेमसँग सम्बन्धित गीतमा मनोज सुनुवारको शब्द तथा सङ्गीतमा सञ्जिव बराईलीले गरेका छन् ।
व्यवसायिक रुपमै म्युजिक भिडियोमा अभिनय गर्ने मोडल निरन्जली लामा र अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्डे«नमा कार्यरत दिलकुमार क्षत्रीको अभियन रहेको छ । ‘माया माया माया ए माया’, ‘खोजी हेरिनौं प्रिय खोजी हेरिनौं जानु’ जस्ता सुगम सङ्गीत दिइसकेका सुनुवार एक दशकपछि पुनः नयाँ गीत लिएर साङ्गीतिक क्षेत्रमा फर्किएका छन् । नव युवा सङ्गीतकारबाट सम्मानित भैसकेका सुनुवारले आफ्नो क्षमतालाई नेपाली सङ्गीतको क्षेत्रमा प्रयोग गर्ने बताए ।
उनले अहिले चलेको गीतभन्दा फरक तथा नयाँ पुस्ताका किशोर तथा किशोरीबीचको माया प्रेमलाई आधार मानेर बनाइएकाले बताए । गीत निकै मेलोडियोस भएकोले युवायुवतीका लागि लोकप्रिय हुने मोडेल दिलकमल क्षेत्रीले बताए । उनले लोकप्रिय गायकको स्वरमा मोडेलको भूमिका निर्वाह गर्दा धेरै सिक्ने अवसर समेत मिल्ने बताउँदै भविष्यमा पनि जागिरसँगै सक्रिय हुने बताए ।
बागलुङ जेसीजसहित सामाजिक तथा साङ्गीतिक कार्यक्रममा प्रस्तोताको भूमिका समेत निर्वाह गर्ने गरेका क्षेत्रीले म्युजिक भिडियोमा अभिनय गर्ने अवसर प्राप्त गरेकोमा उत्साहित भएको बताएका छन् ।
Previous Articleप्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो
Next Article बाबा, म लिंग परिवर्तन गर्न चाहन्छु