म्याग्दी उद्योग वाणिज्य संघको आयोजनामा सदरमुकाम बेनीमा आयकर सङ्कलनसम्बन्धी कार्यक्रम सुरु भएको छ । म्याग्दी जिल्लामा सञ्चालनमा रहेका उद्योगी, व्यापारी र व्यवसायीहरुलाई लक्षित गरेर गत आर्थिक वर्ष २०७४÷७५ को आयकर सङ्कलन गरिएको हो ।
विगतका वर्षमा उद्योग वाणिज्य संघको समन्वयमा आन्तरिक राजश्व कार्यालय पोखराको डोरटोली जिल्लामै आएर आयकर सङ्कलन गर्ने गरिए पनि यसपटक भने कर्मचारी अभाव भएपछि जिल्लामा उद्योग वाणिज्य संघमार्फत नै आयकर सङ्कलनको व्यवस्था मिलाइएको छ । यही असोज महिनाको गत ८ गतेबाट सुरु भएको आयकर सङ्कलनमा हालसम्म ४ सय ६० जनाले आयकर तिरेको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।
अध्यक्ष कर्माचार्यका अनुसार सञ्चारमाध्यमबाट सार्वजनिक सूचना प्रसारण गरेर संघको सक्रियतामा आयकर सङ्कलनको कार्यक्रम अगाडि बढाइएको छ । म्याग्दी उद्योग वाणिज्य संघको सचिवालयमा पुगेर आयकर तिर्ने व्यवस्था मिलाइएको अध्यक्ष कर्माचार्यले बताए । आउँदो असोज १५ गतेसम्म आयकर बुझाउने म्याद तोकिएको संघले जनाएको छ ।
Previous Articleतस्करी प्रकरण: प्रतिवेदन नै गृहमा थन्कियो
Next Article प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो