प्रताप बानियाँ/रुप्से दैनिक
पश्चिम म्याग्दीको मंगला गाउँपालिकाको आयोजनामा मङ्गलबार बाबियाचौरमा पाँचौं परिवार नियोजन दिवस–२०७५ मनाइएको छ । ‘किशोरी किशोरीहरुको सहभागिता, परिवार नियोजन सेवाको सुनिश्चितता’ भन्ने मूल नारासहित अन्तत्र्रिmया कार्यक्रम गरी दिवस मनाइएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाले जन्मान्तर फरक पार्नका लागि परिवार नियोजनका अस्थायी साधनहरुको प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले सानो तथा सुखी परिवार बनाउन पनि परिवार नियोजनका अस्थायी तथा स्थायी साधन र सेवाको प्रयोग गर्नुपर्ने भन्दै यसले बढ्दो जनसङ्ख्या वृद्धिद्धरलाई सन्तुलन कायम गर्न सहयोग पु¥याउने बताएका छन् ।
कार्यक्रममा बराङ्जा स्वास्थ्यचौकीका अहेव बबरजङ पालले परिवार नियोजनका अस्थायी साधनहरु तथा स्थायी बन्ध्याकरण सेवासुविधाका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा मंगला–२, का वडा अध्यक्ष धनबहादुर खाती, ५ नम्बरका अध्यक्ष भूपेन्द्र केसी र गाउँ कार्यपालिका सदस्य सुशीला फगामीले मन्तव्य राखेका थिए ।
मंगला गाउँपालिकाका अध्यक्ष शतप्रसाद रोकाको अध्यक्षता, मिलन म्याग्दीको साझेदारीमा सञ्चालित सुआहारा कार्यक्रमका फिल्ड सुपरभाइजर भीमकुमारी बुढाथोकीको सञ्चालनमा सम्पन्न कार्यक्रममा मंगलाका स्वास्थ्य संयोजक बालकृष्ण शर्माले मंगला गाउँपालिकामा परिवार नियोजनको अवस्थाबारे जानकारी गराएका थिए । कार्यक्रममा गाउँपालिका अन्तर्गत विभिन्न स्वास्थ्यचौकीका इन्चार्जहरु, जनप्रतिनिधि, स्वयंसेविका र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
Previous Articleके थिए त अहिले सम्मका संविधानमा
Next Article व्यापार युद्ध होइन, अमेरिका-चीनबीच प्रभुत्वको लडाइँ