भारतीय अभिनेता अभिनेत्री तथा सेलिब्रेटीहरुको कमाइ निकै राम्रो रहेको छ । एक दुईवटा फिल्ममा सफता पाएसँगै उनीहरुको कमाइ ह्वात्तै बढ्ने गरेको छ ।
कम उमेरमै धेरै पैसा कमाउनेमा भारतीय फिल्म उद्योगका कलाकारहरु रहेका छन् ।
चल्तिका हिरो हिरोइन मात्र होइन कम चल्तीका हिरो हिरोइनको कमाइ पनि करोडौं रुपैयाँ हुने गरेको छ ।
बलिउड अभिनेत्री दिशा पटानीको नाम सुन्नु भएको छ भने उनी पनि करोडौंको मालिकनी बनेकी छिन् । उनी २६ वर्षकी मात्र भइन् तर उनीसँग ९० करोड भन्दा धेरैको सम्पत्ति रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
फिल्म उद्योगमा नयाँ भए पनि उनको फ्यान फलोइङको सूची भने निकै लामो छ । ‘एमएस धोनी; द अनटोल्ड स्टोरी’बाट बलिउडमा डेब्यु गरेकी दिशा सामाजिक सञ्जालमा पनि उत्तिकै क्रियाशील हुन्छिन्
दिशा बलिउड अभिनेता टाइगर श्राफसँगको प्रेम सम्बन्धका कारण पनि चर्चामा आइरहने गर्छिन् । यस वर्ष प्रदर्शनमा आएको ‘बागी २’को सफलताका कारण दिशा पटानी सय करोड क्लब अभिनेत्री बनिसकेकी छिन् ।
दिशाको स्टाइल सेन्स पनि कुनै टप हिरोइनको भन्दा कम छैन । प्रायजसो उनी महँगो कपडामै देखिने गर्छिन् । २६ वर्षीया नायिका दिशाको कुल सम्पत्ति करिब ९० करोड रुपैयाँ छ भने उनको वार्षिक कमाइ करिब २८ करोड हुने गरेको छ । उनी पाँच करोडको घरमा बस्ने गर्छिन् ।
दिशासँग ८५ लाख रुपैयाँको बिएमडब्लयू ५ सेरिज, ८८ लाखको मार्सिडिज ई २२०, एक करोडभन्दा माथिको ज्वागर एफपेसलगायत गाडी छन् । हाल उनी सलमान खानको फिल्म भारत’को सुटिङमा व्यस्त छिन् ।