गरिबीका कारण शिक्षाबाट बञ्चित भएका बेनी नगरपालिका ६ भरालेका बालबालिकाको शिक्षाका लागि काठमाण्डौंको शिखर अर्गनाइजेशन लिमिटेडले सहयोग गरेको छ ।
बेनीमा रहेको माउन्ट ऐभरेष्ट आवशिय माध्यमिक विद्यालय र शिखर विच तिन बालबालिकालाई कक्षा १२ सम्मको पठनपाठनका लागि आवश्यक पर्ने सम्पूर्ण खर्च ब्यहोर्ने गरि सम्झौता भएको हो ।
गरिब,निमुखा बालबालिका छात्रवृत्ति अभियान अन्तर्गत शिखरले बालबालिकाको शिक्षाका लागि सहयोग गरेको शिखरका गण्डकी, धौलागिरि प्रमुख शुसिल बानियाँले बताउनुभयो । विहिवार कार्यक्रमको आयोजना गरेर ८ वर्षकी इश्वरी बानियाँ,६ वर्षकी सरस्वती बानियाँ र ४ वर्षका गणेश बानियाँलाई विद्यालयले स्वागत गरेको छ । आमा सिता बानियाँका साथ विद्यालयमा आएका उनीहरुलाई विद्यालय सञ्चालक समितिका अध्यक्ष चन्द्रकुमार केसीले फुल र अविरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा बेनपा ६ का वडा अध्यक्ष कृष्णवहादुर बानियाँले विपन्न बालबालिकाको शिक्षाका लागि शिखरले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । गरिब र विपन्न बालबालिकाको शिक्षाका लागि सवैले सहयोग गर्नुपर्ने उहाँले बताउनुभयो । बालबालिकाको पठनपाठनका लागि विद्यालयले वातावरण तयार पारेकोमा विद्यालयलाई अध्यक्ष बानियाँले धन्यवाद दिनुभएको थियो ।कार्यक्रमका प्रमुख अथिति श्रीबक्स गणका सेनानी राजन दाहालले गरिबीका कारण शिक्षादिक्षाबाट बञ्चित भएका बालबालिकाकालाई सहयोग गरेर शिखरले उदाहरण प्रस्तुत गरेको बताउनुभयो ।
शिखरका गण्डकी धौलागिरि प्रमुख बानियाँले विपन्न र गरिबीका कारण शिक्षाबाट बञ्चित हुननपरोस भनेर बालबालिकाको उज्जल भविष्यका लागि आफूहरुले सहयोग गरेको बताउनुभयो ।
तिन बालबालिका मध्य एकजनाको मासिक शुल्क निशुल्क र होस्टेल खर्चमा २५ प्रतिशत छुट विद्यालयले दिने सञ्चालक सदस्य रमेश गिरिले बताउनुभयो । गरिबीका कारण तिन वर्ष अघि बुवाले आत्महत्य गरेपछि बालबालिकाहरु विचल्लीमा परेका थिए । श्रीमानको मृत्यु पछि सिता बानियाँलाई बालबालिको शिक्षादिक्षा र पालनपोषणमा समस्या भएको थियो ।
सिताको आर्थिक अवस्थाका वारेमा समाचार प्रकाशित भएपछि उनीहरुको सहयोगका लागि अभियान सञ्चालन गरिएको हो ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष केसीको अध्यक्षता भाइस प्रिन्सिपल अमृत सापकोटाको सञ्चालन विद्यार्थी सविना रामजालीको स्वागतमा सम्पन्न कार्यक्रममा विद्यार्थी तारा पुरीले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रमा प्रहरी नायव उपरिक्षक विरवहादुर बुढामगर, विद्यालयका सञ्चालक सदस्यहरु,माहिला बालबालिका कार्यालयकी निमित्त प्रमुख रेणुका प्रधान,जिल्ला प्रशासनका खरदार रुद्रप्रसाद श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।
विकल्प न्यूज बाट साभार