चर्चा कमाउन जो कोहिलाई मन हुन्छ । झनै अभिनेत्रीहरु चर्चित हुने नाममा जे पनि गर्न सक्छन् वा हदैसम्मका कुरा गर्न सक्छन् भन्ने पछिल्लो उदाहरणबाट अझै प्रष्ट हुन्छ ।
हलिउडमा आफ्नो बोल्ड तस्वीर इन्स्टाग्राममा राखेर होस या न्यूड फोटोका कारण अमाण्डा सरनी पछिल्ला दिन चर्चाका शिखरमा हुन्छिन् । हालै एउटा न्यूड फोटो शेयर गरेर अमाण्डाले इन्स्टाग्राममा तहल्का मच्चाएकी छन् ।
अमाण्डा प्रत्येक दिन सेक्सी र हटेष्ट फोटो शेयर गरेर आफ्ना फ्यानका माझ चर्चित छिन् । उनको इन्स्टाग्राममा लाखौं फ्यान छन् जसले उनीलाई पछ्याइरहेका छन् र अमाण्डा उनीहरुका लागि प्रत्येक दिन बोल्ड फोटोशूट गरेर तस्वीरहरु सामाजिक सञ्जालमा शेयर गर्छिन् ।
केही समय पहिला अमाण्डा बिकिनीमा देखा परिन् । उनी बुट्टेदार बिकिनीमा सुँगुरसँग देखिएकी छन् । उनले टाउको एउटा सुंगुरमा राखेकी छन् भने साइडमा अर्को सुंगुर उनलाई हेरिरहेको देखिन्छ । उक्त तस्वीर उनले सामाजिक सञ्जालमा शेयर गरेर चर्चा कमाइरहेकी छन् ।