इन्डोनेशियामा एक वृद्धले एक युवतीलाई १५ वर्षसम्म गुफामा कैद गरेर उनको यौन शोषण गरेको समाचारहरु सार्वजनिक भएका छन् ।
बीबीसीका अनुसार प्रहरीले ती वृद्धलाई पक्राउ गरेको छ जसको उमेर ८३ वर्ष रहेको छ ।
१५ वर्ष पहिला जब उनले युवतीको अपहरण गरेका थिए त्यतिबेला ति किशोरी १३ वर्षकी थिइन् ।
यी बृद्धले आफूमा एक युवकको आत्म प्रवेश गर्ने दाबा गर्दै करिब १५ वर्षसम्म युवतीको यौन शोषण गरेका थिए ।
प्रहरीका अनुसार महिलालाई सोमबार मध्य लिवेसी प्रान्तको गालुम्पांग क्षेत्रबाट उद्धार गरिएको हो ।
प्रहरीले सार्वजनिक गरेको फोटोमा गुफा भित्र केही फर्निचर देखिएको छ र गुफा अभियुक्तको घर नजिकै रहेको छ ।
प्रहरीका अनुसार ती वृद्धले त्यतिवेला देखि ति युवतीमाथि बलात्कार गर्दै आएका थिए जतिबेला उनी १३ वर्षकी थिइन् । रातिको समय ति महिलालाई आफ्नो घरमा ल्याउँथे तर दिनको समयमा भने त्यो गुफामा कैद गरेर राख्थे ।
प्रहरीका अनुसार ती वृद्धले १५ वर्ष पहिला ती किशोरीको ब्वाइफ्रेण्डको तस्वीर देखाएर त्यो युवकको आत्मा आफ्नो शरीरमा प्रवेश गर्ने भन्दै किशोरीलाई भ्रम छरेका थिए ।
पीडित किशोरीको बहिनीको विवाह ती वृद्धका छोरासँग विवाह भएपछि घटनावारे जानकारी भएको प्रहरीले जनाएको छ ।