पाकिस्तानकी एक नायिका एवं गायिकालाई आफ्नै श्रीमानले गोली हानी हत्या गरेका छन् ।
पाकिस्तानको खैबर पख्तुन्ख्वा प्रान्तमा रेश्मालाई उनी बसेको घरमा जबर्जस्ती छिरेर उनका श्रीमानले गोली हानी हत्या गरेका हुन् ।
जियो टिभीका अनुसार आरोपीका चौथी श्रीमती रेश्मा आफ्ना भाइसँग हाकिमावाद इलाकामा बस्ने गर्थिन् ।
पुलिसका अनुसार घरायसी झगडाका कारण रेश्मालाई उनका श्रीमानले गोली हानेका हुन् । रेश्माका श्रीमान अहिलेसम्म फरार छन् ।
घटनाबारे अनुसन्धान भइरहेको पुलिसले जानकारी दिएको छ ।
यस वर्ष महिला कलाकारमाथि पाकिस्तानको खैबर पख्तुन्ख्वामा भएको यो १५ औं हिंसा हो । यसअघि फेब्रुअरी ३ तारिखमा स्टेज नायिका सुन्बुदललाई कार्यक्रममा प्रस्तुतीकै क्रममा हत्या गरिएको थियो ।