मनासलु हिमाल वारी सानो मेरो गाउँ
सम्पदाको धनी अति सुन्दर हाम्रो ठाउँ
हरियाली ले भरिएरको छ सानो मेरो गाउँ
स्वच्छ हावा चिसो पानी सँगै धार्चेको नाउँ !
स्वर्गीय अान्नद पाईने अाहा कति राम्रो ठाउँ !!डाँडा पाखा झरनाले भरिपुर्ण मेरा ठाउँ
त्यहीँ ठाउँमा फल्ने धेरै,मकै,कोदो ,गहुँ
जिजु बाजे को रोजाइमा परेको मेरो गाउँ
स्वर्ग भन्दा प्यारो लाग्छ त्यहीँ घुम्न जाउँ !
स्वर्गीय अान्नद पाईने अाहा कति राम्रो ठाउँ !!कला कौशल संस्कृति र सम्पदाको ठाउँ
दुनियॉं लाई भुलाई दिन्छ स्वर्ग कै नाउँ
कोईलिको बोली ,मयुरको चाल हेर्दै रमाउँ
प्रकृतीको बरदानै हो हाम्रो सौरपानी नाउँ !
स्वर्गीय अान्नद पाईने अाहा कति राम्रो ठाउँ !!हुडि खोला पारि पटि सिता गुफा चर्चित नाउँ
नाम सुन्दा अान्नद अाउने अति रमणीय ठाउँ
सौरपानि नै हो जन्मिएको मेरो प्यारो गाउँ
दुनियाँ लाई भुलाई दिन्छ स्वर्ग कै नाउ !
स्वर्गीय अान्नद पाईने अाहा कति राम्रो ठाउँ !!
संदेश श्रेष्ठ
गोरखा ,सौरपानी
हाल ::साउदी अरब