‘छक्का पन्जा’ आफैमा एउटा ब्रांन्ड बनाउन सफल चलचित्र हो । साथै, यो चलचित्रलाई ब्रान्ड बनाउनमा यसका गीतसंगीतको पनि महत्वपूर्ण भूमिका छ । यसैले पनि यसका गीतसंगीतमा आम मानिसको चासो अझै बढी हुन्छ ।
दशैमा रिलिज हुन लागेको चलचित्र ‘छक्का पन्जा ३’को गीतको कौतुहलता पनि आम मानिसमा छ । यसको निर्माणपक्षले यही कौतुहलतालाई मेट्दै यसमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीतको भिडियो सार्वजनिक गरेको छ ।
कविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई आकर्षक लोकेशनमा खिचिएको छ । लोकलयको यो गीतमा दीपक शर्माको संगीत छ । विन्दु परियार र डेभिड शंकरको स्वर रहेको गीतलाई राजेन्द्र थापाले लेखेका हुन् ।