सदरमुकाम बेनीमा रहेको माउण्ट एभरेष्ट आवासीय माविका विद्यार्थीको सृजनशिलता र रचनात्मक क्षमताको पहिचान गर्न विद्यालयमा भित्रे पत्रिकार प्रकाशन सुरु गरिएको छ । नियमित शैक्षिक साम्रागीको प्रयोग, परिक्षाले मात्रै विद्यार्थीको शैक्षिक उन्नती नहुने भन्दै विद्यालयले नियमित भित्रे पत्रिका प्रकाशन सुरु गरिएको हो ।
विद्यालयमा आयोजित एक कार्यक्रमाम विद्यालयका सञ्चालक समितिका अध्यक्ष चन्द्रकमार केसीले भित्रेपत्रिकाको शुभारम्भ गरेका थिए । बर्खे विदाको समापन संगै नियमित पठनपाठन सुरु भएको पहिलो दिन स्वागत तथा भित्रे पत्रिकाको उद्घाटनको अवसरमा बोल्दै केसीले भित्रे पत्रिकालाई नियमित प्रकाशन गरिने बताए । ‘विद्यार्थीको लेखन कलालाई प्रर्दशन गर्ने ठाउँ हो,‘भित्रेपत्रिकामा प्रकाशित गरिएका साम्रागीलाई स्मारिका प्रकाशनमा समेत समेटिन्छ’ केसीले भने ।
उनले पाठ्यक्रम बाहेक पनि खेलकुद सहित अतिरिक्त क्रियाकलापलाई प्राथमिकता दिएको बताए । माइन पार्कको नाम दिइएको भित्रे पत्रिकामा समाचार÷गतिविधि, बाल साहित्य, लघु नाटक, कविता, चुड्किला, चित्र लगाएत बालबालिकाको सिर्जना प्रकाशित गरिने विद्यायका प्रधानध्यापक डा.त्रिदेभ उपाध्यायले बताए । ‘भित्रेपत्रिका बालबालिकाको लागि ज्ञानको समुन्द्र हो,‘भित्रपत्रिका सम्बन्धि तालिमा समेत दिनेछौ’ उपाध्यायले भने ।
उनले हरेक महिना साम्रागीको परिवर्तन गरिने बताउँदै आधारभुत तह देखी कक्षा १० सम्मका विद्यार्थीका सिर्जनालाई प्रर्दशन गरिने बताए । उनले विद्यार्थीको लेखनसीपको विकासमा समेत पत्रिकाले सघाउने बताए । भित्रेपत्रिका संगै विद्यालयभित्र विभिन्न सन्देशमुलक तथा विद्यार्थीको दैनिक जीवनका प्रयोग हुने सन्देशहरुलाई समेत सार्वजनिक गरिएको थियो । कार्यक्रममा सञ्चालक प्रमोद श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।
यसअगाडी विद्यालयले भित्रपत्रिका सहित विद्यालय भित्र हुने गतिविधिलाई पहिचान गर्ने आधारभुत तहका शिक्षकलाई लक्षित गरी सञ्चालन गरिएको एकदिने आम सञ्चार, न्युन मिडिया, सामाजिक सञ्जालको प्रयोग र समाचार लेखन सम्बन्धि जानकारी गराइएको थियो । तालिममा विद्यालय भित्र रहेका समाचारजन्य गतिविधिको पहिचान, समाचार के हो, समाचार कसरी लेख्ने ?, विद्यालय भित्र समाचारका स्रोत पहिचान, विद्यालयका गतिविधिलाई सञ्चार माध्यममा नियमित प्रकाशित तथा प्रशारण गर्ने लगाएतका विषयमा तालिम समेत सञ्चालन गरेको थियो ।