पर्खपर्ख मायालु, तिम्रो पिक्चर हिट, देखन चम्पा, लगायतका चर्चित गीतका सफल सङ्गीतकार दीपक शर्माले आफ्नै स्वर तथा शब्दमा नयाँ गीतको भिडियो सार्वजनिक गरेका छन् । लोकलयमा अब्बल सङ्गीतकार तथा गीतकार शर्माले हालै सार्वजनिक गरेको गीत छैनन् पियारी पनि लोक पप शैलीमा तयार भएको छ ।
सार्वजनिक गीत लिरिकल भिडियो भएको र उक्त भिडियोको सङ्गीतकार शर्माले छिट्टै नै भिडियो नै तयार गर्ने बताए । सार्वजनिक गीतमा विभिन्न कारणले आफ्नो देश छोडेर बिदेश बसेर घरमा फर्किदा आफ्नो श्रीमानले श्रीमती तथा श्रीमतीले श्रीमान् गुमाउनु पर्दाको पिडालाई नजिकबाट केलाइएको छ । आफ्नो देश छोडेर सुकिला सपना देख्दै परवासमा गएर संघर्ष गर्दाको पिडापछि परिवारलाई गुमाउनु पर्दाको पिडालाई संगीतकार शर्माको उक्त गीतले उजागर गरेको छ । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् भने सम्पादन अशोक मल्लले गरेका हुन् ।
https://www.youtube.com/watch?time_continue=185&v=V_M-H-mL7Ts