ईन्द्र थापा /गल्कोट
बागलुङ, १५ जेठ– जिल्लाको गल्कोटमा सोमबारदेखी ५ दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । जिल्लाको गल्कोट नगरपालिका–५ ग्वालीचौरमा तालिम सुरु भएको हो । गलकोट मोर्डनाईज एकेडमी हरिचौरको आयोजना तथा सामुदायिक रेडियो गलकोट एफ.एम १०२ थोप्लो ४ मेघाहर्जको ब्यबस्थापनमा तालिम सुरु भएको हो । तालिममा बिभिन्न बिद्यालयका ७५ जना बिद्यार्थीहरुले सहभागिता जनाएका छन् । सामुदायिक रेडियो गलकोटका स्टेशन म्यानेजर घनश्याम गौतमले सहजीकरण गरेका छन् ।