बागलुङ, ९ जेठ – नेपाल कम्युनिस्ट पार्टीको संसदीय दलको विधान मस्यौदा निर्माण गर्न भीम रावलको संयोजकत्वमा कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा मंगलबार बसेको संसदीय दलको बैठकले पार्टी एकतापछि संसदीय दलको विधान बनाउन कार्यदल गठन भएको हो ।
कार्यदललाई १५ दिनभित्रमा विधानको मस्यौदा तयारी गरी बुझाउनुपर्ने समय दिइएको छ । रावल तत्कालिन एमाले उपाध्यक्षसमेत थिए । उनी एकतापछिको नेताहरूको व्यवस्थापनको विषयलाई लिएर असन्तुष्ट बन्दै आएका थिए । कार्यदलमा सांसदहरू देव गुरुङ, खगराज अधिकारी, कृष्णभक्त पोखरेल, रामनारायण बिडारी र रेखा शर्मा सदस्य रहेको तत्कालीन एमाले संसदीय दलका प्रमुख सचेतक खगराज अधिकारीले बताए।
असन्तुष्ट रावललाई नेकपा विधान मस्यौदा निर्माणको जिम्मा
Previous Articleएसएसपी खत्रीलाई पक्रिए सबै रहस्य खुल्ने गोरेको बयान
Next Article बागलुङ नगरभित्रका मापदण्ड बिपरितका पेटी भत्काउन सुरु