पर्वत, ५ जेठ– जिल्लाको सदरमुकामबाट सञ्चालित सामुदायिक रेडियो कुशुमले जिल्लाका सबै स्थानिय तहका महिलाहरुलाई बोल्न सक्ने बनाउने अभियान थालेको छ । नेपालको संबिधान २०७२ ले महिलाहरुका लागि व्यवस्था गरेको समाबेशी पद्धतीमा राज्यको हरेक क्षेत्रमा महिलाको उपस्थिती हुने भएकाले सार्वजनिक स्थान तथा सभा समारोहमा महिलाहरुलाई निर्धक्क बोल्न सक्ने बनाउन लागिएको रेडियोले जनाएको छ । बिगतमा पुरुषहरुको तुलनामा सार्वजनिक कार्यक्रममा बोल्ने अवसर कम पाएका महिलालाई पुरुषहरु सरह बोल्न सक्ने बनाउनको लागि अभियान सुरु गरीएको रेडियोका स्टेशन प्रमुख कृष्ण अँखेलीले बताए ।
रेडियोले स्थानिय तहसँग समन्वय गरेर महिलाहरुलाई नेतृत्व विकास तथा वाक कला तालिम सञ्चालन गरेर बोल्न सक्ने बनाउने अभियान थालेको हो । ‘जमिन भत्काउन बर्षमा लाखौं खर्च गर्ने स्थानिय तहहरुलाई महिलालाई बोल्ने कला सिकाउनका लागि सामान्य बजेट भएपनि दिनुस भनेका छौं’ अँखेलीले भने ‘गाउँपालिका, नगरपालिका तथा वडा कार्यालयको आर्थिक सहयोगमा हामीले महिलाहरुलाई बोल्न सक्ने बनाउने लक्ष्य लिएका छौं ।’ अभियानको सुरुवात रेडियोले कुश्मा नगरपालिका वडा नं. ६ मा दुई वटा तालिम सञ्चालन गरिसकेको छभने मोदी गाउँपालिकामा जेठको पहिलो सातादेखी ५ दिने नेतृत्व विकास तथा वाक कला तालिम सुरु भएको छ ।
तालिममा सहभागी महिलाहरुलाई सार्वजनिक कार्यक्रममा प्रस्तुत हुने शैली र कलाका बिषयमा प्रशिक्षण दिईने गरेको छ । रेडियोले दिएको जानकारी अनुसार आगामी आ.ब.मा जिल्लाका सबै स्थानिय तहसँगको सहकार्यमा नेतृत्व बिकास तालिम सञ्चालन हुँदैछ ।
Previous Articleकानाबगरमा तटबन्ध निर्माण कार्य शुरु
Next Article कालीगण्डकी नदीमा जलयात्रा गर्ने बढे