बागलुङ, ५ जेठ– कालीगण्डकी नदीमा ¥याफटिङ गर्ने विदेशी एवं स्वदेशी पर्यटकको संख्या दिनानुदिन वृद्वि भएको छ । बागलुङ र पर्वतको सिमाना रहेको नयाँ पुलमा ¥याफटिङ गर्ने आन्तरिक एवं विदेशी पर्यटकहरु आउने गरेका छन् । पर्यटकहरु पोखराका बिभिन्न ¥याफटिङ तथा ट्राभल कम्पनी र पर्वतको नयाँ पुलबाट संचालित कालीगण्डकी रिभर बीच क्याम्पमार्फत नदीमा ¥याफटिङ गर्ने गरेका छन् । पर्यटकहरु कालीगण्डकी नदीमा पानीको छाल, मनोरम दृश्य, झरना, विभिन्न बनस्पती, जलचरहरुको अवलोकनसंगै ¥याफटिङमा आर्कषित हुने गरेका छन् । कालीगण्डकी नदीमा ¥याफटिङ गर्दा प्राकृतिक आनन्द र रमाइलो हुने गरेकोले बिदेशीहरु आउने गरेको पर्यटक गाईड सञ्जय श्रेष्ठले बताए । ¥याफटिङको लागि कालिगण्डकी नदी उचित रहेको उनले बताए ।
¥याफटिङको लागि इजरायल, अमेरिका, युरोपीयन लगाएका देशबाट पर्यटकहरु आउने गरेको छन् । बिदेशीसंगै स्वदेशी पर्यटक समेत ¥याफटिङका लागि आउने गरको छन् । ¥याफटिङको लागि दुई सिजन चैत्र, बैशाख र असोज, कात्तिक, मंसिरमा पर्यटकहरु आउने गरेका छन् । पर्यटकलाई ¥याफटिङमा सहज बनाउन पर्वतमा नै कालिगण्डकी रिभर बिच क्याम्पमार्फत सेवा प्रदान गर्दै आएको संचालक होम पुनले बताए । पर्यटकले ¥याफटिङ गर्दा झन्झट बेहोर्न नपरोस् भनेर जलयात्रा सुरु हुने स्थानमा नै एक करोड रुपैयाँमा क्याम्प संचालन गर्दै आएको पुनले बताए ।
बिदेशीहरु एकआपसमा पानीमा छ्यापाछ्याप गरेर मज्जा लिन आउने गरेको उनले बताए । कालीगण्डकी नदीमा दुई सिजनमा १ हजारदेखि १ हजार २ सयसम्म बिदेशी पर्यटक ¥याफटिङको लागि आउने गरेको पुनले बताए । जलयात्राका लागि आन्तरिक पर्यटक मात्र दैनिक १ सय जना आउने गरेका छन् । जलयात्रा गरेबापत विदेशीले प्रतिव्यक्ति १ सय ५० डलर र आन्तरिक पर्यटकले ५ सयदेखि ४ हजार ५ सय रुपैयाँसम्म तिर्ने गरेका छन् । नयाँ पुलबाट सुरु भएको जलयात्रा स्याङजाको मिर्मिसम्म पुगेर टुंग्गीने गरेको छ । तीन दिनको प्याकेजमा आउने गरेका पर्यटकहरु जलयात्राको क्रमममा नदी किनारमै टेन्ट टाँगेर बास बस्ने गरेका छन् ।