बागलुङ, ५ जेठ– निसीखोला गाउँपालिका–४ कानाबगरमा तटबन्ध निर्माण कार्य सुरु भएको छ । निसीखोला गाउँपालिकाले २०७४–७५ का लागि विनियोजन गरेको बजेटले उक्त स्थानमा तटबन्ध गर्न लागिएको उपभोक्ता समितिका संयोजक लिला घर्ति मगरले जानकारी दिए । उक्त तटबन्ध कार्य २ लाख ५० हजार रुपैयाँको लागतमा निर्माण गर्न लागेको घर्तिले बताए । हरेक बर्खायामको समयमा बाढीले स्थानीयलाई सताउँदै आएपछि यहाँको बस्ती संरक्षरणका निम्ती तटबन्ध गर्न थालिएको हो ।
तटबन्ध निर्माण कार्य सम्पन्न भएपछि करिब २० घरधुरी बाढीको जोखिमबाट मुक्त हुने छन् । तटबन्ध निर्माण गर्न थालेपछि त्यहाँका स्थानीयहरु खुसी भएका छन् । ‘बर्खा सुरु भयोभने घरमा बस्न पनि डर लाग्थ्यो, अब बर्खाको समयमा बाढी आएर घर छोडेर भागाभाग त हुन्न की’ –स्थानीय मकर नेपालीले भने । हरेक बर्खाको समयमा आफ्नो घर छोडेर अरुकोमा आश्रय माग्ने गरेका कानाबगर र झिँवाखोलाबासीलाई तटबन्ध निर्माण गरेपछि केही राहत मिल्ने छ । त्यस्तै निसीखोला गाउँपालिकाको झिँवाखोला, जुग्जाखोला, देविस्थान, निसी तथा नदी आसपासका क्षेत्रमा पनि तटबन्ध कार्य सुरु भएको छ ।
Previous Article२५ प्रतिशत नेपालीमा उच्च रक्तचाप
Next Article महिलालाई बोल्न सिकाउँदै रेडियो