एजेन्सी, ३ जेठ– चीनको बेइजिङमा बुधबार नोकिया एक्स सिक्स स्मार्टफोन सार्वजनिक गरिएको छ । स्मार्टफोनको रुपमा एचएमडी ग्लोबलले नोकिया एक्स सिक्स लञ्च गरेको हो । यो स्मार्टफोनमा ए आई तथा एचडिआर फिचर्सयुक्त डुअल रियर क्यामरा रहेका छन् । यसका अन्य फिचर्समा अक्टाकोर स्नापड्रागन ६३६ प्रोसेसर, ४ तथा ६ जिबी र्याम र एन्ड्रोइड ओरियो अपरेटिङ सिस्टम रहेको छ । त्यस्तै यो स्मार्टफोनको ४ जिबी र्याम तथा ३२ जिबी स्टोरेज भएको भेरिएन्टको मूल्य १२९९ चिनिया युआन तोकिएको छ भने ६ जिबी र्याममा ६४ जिबी स्टोरेजयुक्त मोडेलको १४९९ युआन तोकिएको छ ।
यो फोनको बिक्री कहिलेदेखि सुरु हुने भन्ने खुलाइएको छैन । तर कतिपय प्लेटफर्ममा यसको प्री_बुकिंग सुरु भैसकेको छ ।नोकिया एक्स सिक्सका ५।८ इन्चको फूल एचडी डिस्प्ले रहेको छ । सुरक्षाका लागि २।५ डी गोरिल्ला ग्लास थ्री प्रोटेक्सन रहेको छ । यस स्मार्टफोनले डुअल सिम सपोर्ट गर्दछ ।
मुख्य क्यामरा दुईवटा रहेकोमा एउटा १६ मेगापिक्सेल सेन्सर तथा अर्को ५ मेगापिक्सेल मोनोक्रोम सेन्सरयुक्त रहेको छ । साथै सेल्फी क्यामरा १६ मेगापिक्सेलको रहेको छ । फोनमा नोकियाको बोथी फिचर रहेको छ यसका माध्यमबाट प्रयोगकर्ताले फ्रन्ट तथा रिअर क्यामरालाई एकसाथ प्रयोग गर्न सक्दछन् । फोनमा फेस अनलक फिचर रहेको छ । साथै फोनको पछाडिपट्टि फिंगरप्रिन्ट सेन्सर पनि रहेको छ ।
Previous Articleआंशिक शिक्षक राजधानी हिडेपछि पढाई प्रभावित
Next Article पार्टी एकताले मदन भण्डारीको विचारको सम्मान-प्रचण्ड