इन्द्र थापा
बागलुङ (गल्कोट), १ जेठ–जिल्लाको गल्कोट नगरपालिकाका प्रमुख भरत गैरेले सरसफाई सम्बन्धी ज्ञान हासिल गरेर नागरिक तहबाट आनीबानीमा परिवर्तन हुनुपर्ने बताएका छन् । नगरपालिकाले आयोजना गरेको पुर्ण सरसफाई सम्बन्धी अभिमुखीकरण कार्यक्रममा बोल्दै गैरेले नागरिकको आनीबानी परिवर्तनका लागि सबै खालको सहयोग गर्न नगरपालिका तयार रहेको बताए ।
जनप्रतिनिधीको सक्रियतामा गलकोट नगरपालिका सफल हुने भन्दै गलकोट नगरपालिकाको फोहोर ब्यबस्थापनको कार्यलाई सहजीकरण गर्न नगरपालिकाले बिशेष योजना सञ्चालन गरिरहेको गैरेले बताए । ‘हामी सबैको एउटै रहर पुर्ण सरसफाई युक्त गाउँ सहर’ भन्ने नाराका साथ नगर स्तरिय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समितीका लागि पुर्ण सरसफाई सम्बन्धि अभिमुखिकरण कार्यक्रम गलकोटको हटियामा सम्पन्न भएको हो ।
गलकोट नगरपालिका, पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजना बागलुङको आयोजना सञ्चालित हालसम्म देशभर खानेपानी तथा सरसफाईको क्षेत्रमा भएको प्रगतिको बिषयमा जानकारी गराईएको थियो । कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका शाखा प्रमुख, राजनीतिक दल, खानेपानी, सरसफाई तथा स्वच्छता समितिका सदस्यहरु, सञ्चारकर्मी, बिद्यार्थी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण पश्चिम नेपाल ग्रामिण खानेपानी तथा सरसफाई परियोजनाका सरसफाई बिज्ञ चन्द्रभक्त बिष्ट, वास जिल्ला सल्लाकार ऋतुप्रसाद चौलागाई, गलकोट नगरपालिका वास समन्वय समिति सदस्य हरि चालिसे लगायतले गरेका थिए ।
कार्यक्रम नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेको अध्यक्षता, जिल्ला वास ईन्जिनियर विवेक सापकोटाको स्वागत मन्तब्य , नगरपालिका वास संयोजक दुर्गा छन्त्यालको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleढुम्बा तालले पयर्यटक लोभ्याउँदै
Next Article धौलागिरी अञ्चल अस्पतालमा सरसफाई