बागलुङ, १ जेठ – लगातार दोस्रो पटक राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगीता जित्न सफल धवलागिरी बहिरा विद्यालय बागलुङले सोमबार विजय ¥याली गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा स्थित विद्यालयबाट सुरु भएको ¥यालीले बजारको विभिन्न क्षेत्र तथा रामरेखाको विभिन्न भाग परिक्रम गरी विद्यालयमा पुगेर सभामा परिणात भएको थियो ।
सभामा बोल्दै विद्यालयका संस्थापक केवी राना मगरले अवसर प्राप्त गरेको खण्डमा अपाङ्गता भएका व्यक्तिहरुले समेत आाफुलाई अब्बल सावित गर्न सक्ने बताउँदै उत्कृष्ट खेल प्रर्दशन गर्ने विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गर्ने बताए । बहिरा बिद्यार्थीले प्राप्त गरेको सफलता सम्पुर्ण बागलुङबासीको सफलता भएको रानाको भनाई थियो ।
जिल्लाभरका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु बिचको रोमाञ्चक प्रतिस्पर्धामा ९ स्वर्ण, ३ रजत र ४ कास्य पदक सहित बहिरा बिद्यालयले दोस्रो पटक उपाधि जित्न सफल भएको हो । गतवर्षको राष्ट्रपति रनिङ्ग शिल्डमा पनि बहिरा विद्यालय प्रथम भएको थियो ।
Previous Articleनेपाली म्याराडोना मणि शाह रहेनन्
Next Article मध्य पहाडीले परिवर्तन हुँदैं बुर्तिबाङ बजार