बागलुङ, २६ बैशाख– १ सय ५० औं अन्तराष्ट्रिय रेडक्रस दिवस मंगलबार बागलुङमा पनि विविध कार्यक्रम गरि मनाईएको छ । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा बागलुङले विविध कार्यक्रम गर्दै रेडक्रस दिवस मनाएको हो । शाखाले मंगलबार बिहान बागलुङ नगरपालिका–१ रामरेखामा बिपदका अवस्थामा प्रयोग हुने सामाग्री प्रदर्शन एवं जानकारी गराएको थियोभने जिल्ला सदरमुकाममा रहेको कालिगण्डकी आवासिय माध्यामिक विद्यालयमा युवा रेडक्रस सर्कलको गठन गर्दै रेडक्रस दिवस मनाएको हो ।
गण्डकी आवासिय माविबाट रेडक्रस दिवसको अवसरमा सुरु भएको युवा रेडक्रस सर्कल गठनको अभियानलाई जिल्लाभर पु¥याउने लक्ष्य रहेको जिल्ला शाखा बागलुङले जनाएको छ । मंगलबार रामरेखामा भएको कार्यक्रममा जिल्ला शाखाले रामरेखा उप–शाखालाई सामाग्री बितरणको क्रममा प्रदर्शन गरेको थियो । बिपदको अवस्थामा प्रयोग हुने सामाग्री उप–शाखालाई हस्तान्तरण तथा प्रदर्शन गर्दै सहायक प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद पाण्डेले आपतका बेला सघाउन रेडक्रसले गरेको पुर्वतयारी सकरात्मक भएको बताएका थिए । कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका उप–प्रमुख सुरेन्द्र बहादुर खड्काले स्थानिय तह र स्वायमसेवी संस्थाका बीचमा समन्वय गर्दै बिपदको व्यवस्थापनमा लाग्नु पर्नेमा जोड दिए ।
कार्यक्रममा रामरेखा उपशाखाका सभापति तेजेन्द्र आचार्य, बागलुङ नगरसभाका सदस्य लक्ष्मी बोहोरा लगायतले बोलेका थिए । बिपदका बेला प्रयोग हुने, डोरी, हेलमेट, गल, गैची, लाईट लगायतका सबै सामाग्रीको बिषयमा रेडक्रस जिल्ला शाखाका कार्यक्रम संयोजक श्याम कोईरालाले जानकारी गराएका थिए । कार्यक्रम जिल्ला शाखा सभापति जब्बरबहादुर लामिछानेको अध्यक्षता, उप–सभापति राजेन्द्र आचार्यको स्वागत र मन्त्रि नारायण शर्मा पौडेलले गरेका थिए । यसैबीच कालिगण्डकी आवासिय माध्यामिक विद्यालयमा सुवास सापकोटा सभापति रहेको ११ सदस्यीय युवा रेडक्रस सर्कल गठन भएको छ । कार्यक्रममा बोल्दै रेडक्रस जिल्ला शाखा बागलुङका सभापति जब्बरबहादुर लामिछानेले रेडक्रस जस्तो पवित्र संस्थमा युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए ।
कार्यक्रममा शाखाका उप–सभापति राजेन्द्र आचार्य, उप–कोषाध्यक्ष जिवननाथ शर्मा, रामरेखा उपशाखाका सभापति तेजेन्द्र आचार्य, विद्यालयका प्रिन्सिपल निरञ्जन राजभण्डारी, विद्यालयका संस्थापक प्रमिला राजभण्डारी लगायतले बोलेका थिए । युरेश अध्यक्ष सुवास सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत शिक्षिका शिला पुन मगर र सञ्चालन सचिव शिशिर आचार्यले गरेका थिए ।
Previous Articleपदयात्रीलाई अवरोध किन ?
Next Article शैक्षिक सुधार गर्ने पुर्वविद्यार्थीको योजना