भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न नेपाल भ्रमणले नेपालको माहौल जुन हिसाबमा तातेको छ त्योभन्दा धेरै यतिबेला धौलागिरीको माहौल पनि उत्तिकै तातेको छ । नेपालको दुई नम्बर प्रदेशमा रहेको जनकपुरधाममा आएर सिधा धौलागिरीको मुस्ताङ जिल्लामा रहेको मुक्तिनाथको भ्रमण गर्न लागेका मोदीको कारण धौलागिरीको माहौल एकाएक तातेको हो । दुनियाँको शक्तिशाली राष्ट्रहरु मध्यको एक राष्ट्र हो भारत । नेपालको छिमेकी राष्ट्र भएपनि भुगोल जनसंख्या, शैन्य शक्ति र आर्थिक तथा समाजिक स्वरुपले विकसित देशको परिचय बनाएको देशका प्रधानमन्त्रीले हाम्रो जस्तो विकास उन्मुख देशको भ्रमण गर्नु देशका लागि खुसीको कुरा हो । मोदीको भ्रमण हाम्रो लागि यो अर्थमा खुशीको कुरा हो जब विकसित देशको प्रधानमन्त्रीले विकासोन्मुख देशको भ्रमण गरेर यहाँको आर्थिक, सामाजिक र राजनीतिक विकासको लागि सहयोग गर्ने प्रतिबद्धता गर्ने छन् ।
उनै मोदीको नेपाल भ्रमण एउटा अभिशापको रुपमा स्थापित समेत हुन सक्छ जतिबेला उनले नेपालको भ्रमणमा हाम्रो देशको सुरक्षा व्यवस्था, यहाँका नागरिकको अवस्था, आर्थिक, सामाजिक र व्यवहारिक पक्ष बुझेर भोलिको उनको बिदेश नीति अर्थात नेपाल नीतिमा उनले कडाई वा आँफुलाई फाईदा पुग्ने खालको नीति अवलम्बन गर्ने छन् । मोदी नेपाल आउने कार्यक्रम तय भएसँगै नेपालमा राजनीतिक माहौल मात्रै तातेको छैन् । उनी आउने दिन नजिकिँदै गर्दा उनको सुरक्षाको बहानामा नेपालमा भारतिय सेनाको प्रबेश, वायु यानको प्रबेश र केही ठाउँहरुमा नेपाल सरकारले सुरक्षाको संम्बेदनशिलता देखाउँदै आम सर्वसधारणलाई पैदल आवतजावत र मठमन्दिरमा पुजाआजा बन्द गर्ने घोषणा समेत गरेको छ । मोदी पुग्ने भनिएका मन्दिर तथा शक्तिपिठहरु र आसपासका क्षेत्रमा आम सर्वसाधारणलाई आतंकित हुने गरी निशेध गर्नु गलत कुरा हो । अझै मुस्ताङको मुक्तिनाथ जाने पर्यटक तथा तिर्थ यात्रीमा लगाइएको बन्देज समग्र देशको पर्यटन र धर्मका अनुयायीहरु माथिको प्रहार हो ।
मोदी कुनैपनि शक्तिपिठमा पैदल वा सडकको बाटोको प्रयोग गरेर जाँदै छैनन् । हिमालपारीको जिल्ला मुस्ताङ जाँदा समेत उनले हवाईमार्गको प्रयोग गर्ने निश्चित छ । हवाईमार्गको प्रयोग गरेर सिधा मन्दिरमा पुग्न लागेका मोदीको लागि मुस्ताङका पदमार्गमा हिँडेका पर्यटक तथा तिर्थालुले कसरी अबरोध अथवा सुरक्षा चुनौती दिए । शक्तिशाली राष्ट्रको प्रधानमन्त्री भएका हिसाबले उनको सुरक्षामा चुनौती होला तर हवाईमार्गबाट आउने ब्यक्तिको लागि पदमार्गमा हिँडेका नागरिक अबरोध हुन सक्छन भन्नु यो ठुलो राष्ट्रले सानो राष्ट्र वा कम शक्तिशाली राष्ट्रलाई हेर्ने हेपाहा प्रबृत्ति मात्रै हो । यदि उनलाई मन्दिरमा पुजाआजा गर्दा वा हवाईमार्गमार्फत स्थलमा अवतरण गर्दा सुरक्षाको खतरा होभने त्यस्ता ठाउँहरुको पहिचान गरी सुरक्षा सर्तकता अपनाउनु पर्छ तर पुरै पदमार्ग नै बन्द गर्ने, शक्तिपिठमा दैनिक चल्ने पुजाआजा नै प्रभावित हुने गरी सर्वसाधारण प्रबेशमा रोक लगाईनु दुःखद कुरा हो । भारत सरकारको चर्को दबाबमा नेपाल सरकारले मुक्तिनाथमा पदयात्रीलाई समेत लगाएको रोक आम नेपालीको हित विपरित छ । भारतलाई सुरक्षा चुनौती चीनसँग हो आम नेपाली जनतासँग होईन् । मुक्तिनाथमा पदयात्रीलाई लगाईएको बन्देजप्रति पुर्नबिचार गरियोस् ।
Previous Article२०७५ वैशाख २६ गते बुधबारको राशिफल
Next Article रेडक्रस दिवसमा विविध कार्यक्रम