चलचित्र ‘डमरुको डण्डीबियो’ ले आफ्नो दोस्रो गीत रिलिज गरेको छ । चलचित्र प्रदर्शन हुनुभन्दा अगाडि नै गीत रिलिज गर्ने परम्परा भएपनि ‘डमरुको डण्डीबियो’ निर्माण युनिटले भने चलचित्र रिलिज भैसकेपछि गीत रिलिज गरेको हो ।
‘गन्तब्य…’ बोलको गीतमा रिकेश गुरुङ र विद्या तिवारीको स्वर छ । सविन एक तारेले लेखेको शब्दमा संगीत कालीप्रसाद बाँस्कोटाले भरेका छन् । छेतेन गुरुङले निदेर्शन गरेको चलचित्र गतहप्ताबाट प्रदर्शनमा आएको हो । चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । ‘डमरुको डण्डीबियो’ मा खगेन्द्र लामिछाने र मेनुका प्रधान मुख्य भूमिकामा छन् ।
Previous Articleमोदी भ्रमणका लागि मुक्तिनाथ मन्दिर आवतजावत गर्न रोक
Next Article रेशमा निःशुल्क स्वास्थ्य शिविर १ सय ४२ ले लिए सेवा