बागलुङ, २९ साउन – सांसद नर बहादुर थापाले संबिधानको कार्यान्वयनका क्रममा न्यायिक तरिकाले राज्यको पुर्नसंरचना गर्नुपर्ने बताएका छन् । पुनराबेदन बार ईकाई बागलुङ्गले आयोजना गरेको राज्यको पुर्नसंरचनामा न्यायपालिका र हाम्रो सरोकार बिषयक अन्र्तक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले पुर्नसंचरनाको नाममा जनताका अधिकार कटौती गर्न नपाईनेमा जोड दिएका थिए ।
नयाँ संबिधान कार्यान्वयनका लागि सबै सरोकारवाला पक्ष जिम्मेवार बन्नुपर्ने भन्दै सांसद थापाले न्यायपालिकालाई प्रभावकारी बनाउनका लागि न्यायिक अधिकारलाई थप गर्दै जानुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस का दिल प्रसाद शर्मा, नेकपा एमालेका गणेश बहादुर थापा, नेकपा माओबादी के्रन्द्रका केन्द्रिय सदस्य कृष्ण केसी, राप्रपा नेपालका अध्यक्ष तिलक रिजाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, राप्रपाका टिकाराम साप्कोटा र अखण्ड नेपाल पार्टीका रुद्र बहादुर महत लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
त्यसैगरी समाजसेवी देब बहादुर श्रेष्ठ, क्याम्पस प्रमुख गोबिन्दराज गौतम, जगदिशचन्द्र उपाध्याय, नेपाल मानव अधिकार संगठनका अध्यक्ष अमर बहादुर थापा, अधिवक्ता भुमिश्वर गौतम, उपभोक्ता मञ्चका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठ, पत्रकार महासंघ बागलुङ शाखाका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, लेखापढी व्यावसायी सघंका अध्यक्ष तुलसी सापकोटा लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।
सो अवसरमा बारका निवर्तमान अध्यक्ष कृष्ण प्रसाद शर्मा निउरेले कार्यक्रम बारे प्रकाश पारेका थिए । पुनराबेदन बार ईकाइ बागलुङका अध्यक्ष केशवराज पराजुलीको अध्यक्षतामा सम्पन्न अन्तरक्रिया कार्यक्रमको स्वागत उपाध्यक्ष हरिकृष्ण सुबेदी र संचालन हरि प्रसाद गौतमले गरेका थिए ।
Previous Articleपोखरामा कन्दरा लाइभ कन्सर्ट
Next Article मन्त्रिपरिषदमा एक तिहाइ महिला सहभागिताको माग