चर्चीत लोक गायक तथा सर्जक याम क्षेत्री नयाँ गीत लिएर आएका छन् । उनको पराईको हृदयमा फुल्न जानेन बोलको लोकदोहोरी गीत बजारमा आएको छ । समर्पण म्युजिक कम्पनीले बजारमा ल्याएको गीतमा स्वरमा पूर्णकला बिसीले साथ दिएकी छन् । बसन्त थापाको लय रहेको गीतमा कर्ण चाँपागाई (पुर्नजीवित) र साईबर मेनपावर महराका शब्द छन । गीतको म्युजिक भिडियोमा शिवन, सन्ध्या र सन्तोषलाई फिचरिङ गरिएको छ ।
क्षेत्रीका सिरिसिरी हावा बहुन्जेल, फूल राम्रो गुलाबको काँडा भएनी, रुदारुदै गयो, शीतल दिने पिपल समी छ, कतै गयौ गीत गाउने गाइने दाइ, कति रुनु छ र, घामले नि पोल्दियो, कल्पनामै भए’नी देख्छु भनेको, यो चोखो माया मर्दैन, माली गाइको दही मीठो, पानी केले परेको बादलुले हो लगायत दर्जनौँ गीत चर्चित छन् ।
याम क्षेत्रीको पराईको हृदयमा फुल्न जानेन लोकदोहोरी गीत
Previous Articleसिण्डिकेटधारीकाे बैंक खाता रोक्का
Next Article प्रदेश ४ को बजेट प्रदेशसभाको दुई तिहाई बहुमतले पारित