बागलुङ, २३ बैशाख – सिन्डिकेटको पक्षमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरुको राष्ट्र बैंकले खाता रोक्का गरेको छ अर्थमन्त्रालयको निर्देशनमा राष्ट्र बैंकले आइतबार बैंक खाता रोक्का गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । सिन्डिकेट हटाउने निर्णय गरेपछि शुक्रबार आन्दोलनमा उत्रिएका यातायात व्यवसायीको गृहमन्त्रालयले बैंक खाता रोक्का गर्ने निर्णय गरेको थियो।
सातवटै प्रदेशमा करिब २ सय ४५ वटा यातायात व्यवसायी समितिका बैंक खाता रोक्का गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो । जसमध्ये प्रदेश १ मा ३५, २ मा १०, ३ मा ११८, ४ मा २४, ५ मा ४०, ६ मा १२ र ७ मा ९ वटा यातायात व्यवसायी समितिका बैंक खाता छन् । सरकारको निर्देशनमा यो संख्या अझै बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।