रासस/एएफपी
पेरिस, २३ बैशाख -अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै पेरिसका बारेमा गरेको एक टिप्पणीप्रति फ्रान्सले विरोध जनाएको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले गत शुक्रबार टेक्सासमा आयोजित एक सभालाई सम्बोधन गर्दै नागरिकलाई बन्दुक राख्न दिएको भए सन् २०१५ मा पेरिसमा भएको बन्दुक हमला हुन सक्दैनथ्यो भनी टिप्पणी गरेका थिए ।
उनले यदि फ्रान्सेली नागरिकसँग पनि बन्दुक राख्न पाउने अधिकार भइदिएको भए पेरिसमा भएको आतंककारी हमलाबाट त्यतिधेरै क्षति नहुने आशयको भनाई राखेका थिए । राष्ट्रपति ट्रम्पको यो भनाइप्रति फ्रान्सले विरोध जनाएको प्राप्त समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले राखेको उक्त धारणा फ्रान्सेली शान्तिप्रेमी जनताको पक्षमा नदेखिएको फ्रान्सको विदेश मन्त्रालयले जनाएको हो ।
राष्ट्रपति ट्रम्पको यो धारणाप्रति उक्त मन्त्रालयले आपत्ति पनि जनाएको समाचारमा जनाइएको छ । उहाँको उक्त दावीको खण्डन गर्दै उक्त मन्त्रालयले पीडितहरूको सम्झनाको सम्मान गर्न पनि भनेको छ । शुक्रवार टेक्ससमा आयोजना गरिएको राइफल एशोसियसनको सभालाई सम्बोधन गर्ने क्रममा ट्रम्पले सो धारणा राखेका थिए ।
Previous Articleयातायात व्यवसायीले भने-अब नीतिअनुकूल सञ्चालन गर्नेछाैं
Next Article अब ‘म्याच फिक्सिङ’ हुँदैन् – एन्फा अध्यक्ष शेर्पा