काठमाडौं,२३ बैशाख – यातायात व्यवसायी महासंघका पदाधिकारीहरूले सिन्डिके ताेड्न सरकारले चालेकाे कदमकाे समर्थन गरेका छन्। उनीहरूले नेपाल सरकारकाे नीति निर्णय तथा कानुनी व्यस्था प्रतिकुल हुनेगरी सञ्चालन नगर्ने प्रतिबद्धता जनाउँदै त्यस्ताे कार्यमा प्राेत्साहन नगर्ने उल्लेख गरेका छन्।
‘अब उप्रान्त हामी र हामी सम्बद्ध यातायात व्यवसायलाइ प्रचलित कानुनबमाेजिम दर्ता गरी सरकारकाे नीतिअनुकूल सञ्चालन गर्नेछा्ैं,’ पत्रमा लेखिएकाे छ, ‘यतायात क्षेत्रमा सरकारले चालेकाे सिन्डिकेट हटाउने कदमकाे स्वागत गर्दछाैं।’
महासंघका तर्फबाट याेगेन्द्रनाथ कर्माचार्य, उपाध्यक्ष विजयबहादुर स्वांर, महासचिव पुण्यप्रसाद सिटाैला, काेषाध्यक्ष किरण खड्कालगायतले सहमतिपत्रमा प्रतिबद्धता जनाएका छन्।
प्रतिबद्धतासँगै पक्राउ परेका देशभरिकै यातायात व्यवसायीहरू छुटेका छन्। गत वैशाख २१ गते यातायात व्यवसायीकाे अाह्वानमा देशैभरि सार्वजनिक यातायात ठप्प पारिएकाे थियाे। त्यसकाे विराेधमा सरकारले यातायात व्यवासीहरूलाइ पक्राउ गरेकाे थियाेे। अहिले महासंघका पदाधिकारी र सरकारबीच वार्ता भइरहेकाे छ ।
यातायात व्यवसायीले भने-अब नीतिअनुकूल सञ्चालन गर्नेछाैं
Previous Article२३ वैशाख २०७५, ढोरपाटन दैनिक
Next Article डोनल्ड ट्रम्पको भनाइप्रति फ्रान्सको विरोध