बागलुङ, १९ बैशाख– १२९ औ अन्र्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा धौलागिरीमा बिबिध कार्यक्रम गरि मनाइएको छ । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) बागलुङको आयोजनामा परिवर्तित राज्य संरचना र श्रमिकका हक अधिकार बिषयक अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर बि पौडेलले श्रमिकले श्रमको ज्याला र सम्मान अझै पनि पाउन नसकेकाले श्रमको समुचित ज्याला र सम्मान पाउने बातावरण निर्माणका लागि तिनै तहका सरकारले आवश्यक पहल गर्न जरुरी भएको बताएका थिए ।
कार्यक्रममा एमाले बागलुङका कार्यवाहक अध्यक्ष कृष्ण पाठक, एमाले पर्वतका कार्यवाहक अध्यक्ष भक्त कुवर, क्युपेक नेपालका केन्द्रि सदस्य देवी राई लगायतले मन्तव्य व्यक्तगरेका थिए । कार्यक्रम क्युपेक नेपालका बाबुराम सापकोटाको अध्यक्षता र सचिव कृष्णबहादुर नेपालीको सञ्चालनमा भएको थियो ।
Previous Articleनिशुल्क मुटु परिक्षण शिविरमा ५ सय बढिले सेवा लिए
Next Article किन लगाईन्छ सिन्डिकेट ?