बागलुङ, १९ बैशाख– रोटरी क्लव अफ बागलुङ्गले मंगलबार सदरमुकाममा मुटु परिक्षण शिविर सम्पन्न गरेको छ । निशुल्क मुटुरोग परिक्षण स्वास्थ्य शिविर बाट ५ सय ५ जनाले सेवा लिएका छन् । शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको प्राबिधिक सहयोगमा सम्पन्न शिविरबाट ५ सय ५ जनाको मुटु परिक्षण गरिएको र २ सय ९६ जनाको ईको गरिएको रोटरी क्लव अफ बागलुङ्गका अध्यक्ष पुर्ण बहादुर केसीले जानकारी दिए । शिविरमा २ सय ४६ जनाको सुगर जाच गरिएको थियो ।
शिविरमा गम्भीर समस्या देखीएका ५ जना मुटुरोगी लाई थप उपचारका लागि सहिद गंगालाल हृर्दय रोग केन्द्र काठमाण्डौमा सिफरीस गरिएको अध्यक्ष केसीले बताए । शिविर संचालनका लागि सहिद गंगालला हृर्दय रोग केन्द्रका बरिष्ठ डा. मधु रोका लगायत १८ जना स्वास्थ्यकर्मीको टोली बागलुङ आएको थियो । शिविरमा निशुल्क ईसीजी सेवा, निशुल्क भिडियो एक्सरे ईको, सुगर जाच, पिटि आईएन आरको जाच र सहीद गंगालाल राष्ट्रिय हृर्दय केन्द्रमा उपलब्ध हुने सेवा सम्बन्धी जानकारी गराईको थियो । शिविरको उद्घाटन गर्दै सांसद डा. सुर्य पाठकले स्वास्थ्य सेवा नाफामुखी भन्दा सेवामुखी हुनुपर्ने बताए ।
स्वास्थ्य र शिक्षामा ठुलो ब्यापारीकरण भएको भन्दै राज्यको तर्फबाट निशुल्क सेवा प्रदान हुनुपर्नेमा पाठकको जोड थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शेसनारायण पौडेल र बरिष्ठ मुटुरोग बिशेषज्ञ डा. मधुरोकाले बोलेका थिए । कार्यक्रम क्लवका अध्यक्ष पुर्ण बहादुर केसीको अध्यक्षता, नरेस कंडेलको स्वागत र भवनराज बरालको संचालनमा सम्पन्न भएको थियो ।
निशुल्क मुटु परिक्षण शिविरमा ५ सय बढिले सेवा लिए
Previous Articleज्ञानोदय मावि मुस्ताङमा जारी पाचौं राष्ट्रपति कप च्याम्पियन
Next Article श्रमिक दिवसको अवसरमा अन्तरक्रिया सम्पन्न