बागलुङ, १७ बैशाख– राष्ट्रिय यातायात महासंघको संघर्षका कार्यक्रम अन्र्तगतको शान्तिपुर्ण यातायात कार्यालय घेराउ कार्यक्रमलाई सघाउँदै आईतबार धौलागिरीका यातायात व्यवसायीहरु बागलुङस्थित यातायात व्यवस्था कार्यालय डेढ घण्टा घेराउ गरेका छन् । बस व्यबसायी, जिप व्यवसायी र ट्याक्सी समिती र यातायात व्यवसायसँग सम्बन्धित मजदुरहरु समेतको टोलीले कार्यालय घेराउ गरेको हो । बिहान १० बजेदेखी १ः३० सम्म बागलुङस्थित धौलागिरी यातायात व्यवस्था कार्यालय घेराउ गरिएको धौलागिरी जिप व्यवसायी समितीका अध्यक्ष बिष्णु अधिकारीले बताए ।
सिन्डिकेटको बहानामा राज्यले यातायात व्यवसायमा हस्तक्षेप गरेको भन्दै सरकारको हस्तक्षेपविरुद्ध राष्ट्रव्यापी संघर्षका कार्यक्रम गर्न लागिएको अधिकारीले बताए । सरकारले यातायात क्षेत्रमा रहेको सिन्डिकेट खारेज गरेपछि राष्ट्रिय यातायात महासंघले चरणबद्ध संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अन्र्तगत आईतबार यातायात व्यवस्था कार्यालय घेराउ गरेका व्यवसायीले सोमबारदेखी बुधबारसम्म प्रचार–प्रसार गर्ने, बिहिबार आ–आफ्ना गाडी घरमा थन्काउने, शुक्रबार संयुक्त संघर्ष समितीको बैठक बसि थप संघर्षका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ ।
आईतबारको कार्यालय घेराउबाट कुनैपनि काम भने नरोकीएको धौलागिरी यातायात व्यवस्था कार्यालयले जनाएको छ । व्यवसायीले शान्तिपुर्ण रुपमा गेट बाहिरबाट कार्यालय घेराउ गरेको भएपनि कार्यालय भित्रका सबै काम सुचारु भएको कार्यालय प्रमुख राजेन्द्र प्रसाद घिमिरेले बताए ।
Previous Articleअस्पताल होइन खेलकुदमा लगानी – मन्त्री विश्वकर्मा
Next Article शिक्षासेवीलाई सम्मान गरियो