बागलुङ, १७ बैशाख– शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गरेको भन्दै यहाँ दुई जना शिक्षाप्रेमीलाई आईतबार एक समारोहका बीच सम्मान गरिएको छ । कर्णबहादुर देबीकुमारी स्मृति कोष बागलुङले शिक्षा क्षेत्रमा योगदान पु¥याएका शिक्षासेवी ठाकुरजंग राजभण्डारी र लालचन्द्र राजभण्डारीलाई सम्मान गरेको हो । शिक्षासेवीको सम्मानले शिक्षा क्षेत्रमा थप कर्मशिल नागरिकहरुको योगदान बढेर जाने भन्दै उनीहरुलाई सम्मान गरिएको कोषले जनाएको छ ।
२०६० सालमा स्थापना भएको कोषले आईतबार रामरेखा निम्न माध्यमिक विद्यालयमा बानपा–१ बाङ्गेचौरमा एक समारोहको आयोजना गरी शिक्षासेवीद्वय राजभण्डारीलाई दोसल्ला ओडाएर सम्मान गरेको थियो । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डेले सम्मानित व्यक्तिहरुलाई दोसल्ला ओडाएका थिए । दोसल्ला र सम्मान पत्र प्रदान गर्दै पाण्डेले शिक्षा क्षेत्रमा महत्वपुर्ण योगदान गर्नेको न्यायिक मुल्याङ्कन गर्दै सम्मान गर्नुपर्ने बताए । कोषले रामरेखा निम्न माध्यमिक विद्यालय कक्षा ४ उत्तिर्ण भई ५ मा पुगेका बिद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।
विद्यालय झोला, कपि कलम लगायतका शैक्षिक सामग्री प्रदान गरेको कोषका सचिव राजेन्द्र आचार्यले बताए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद पाण्डे, शिक्षा विकास ईकाई कार्यालय बागलुङका प्रमुख गुरूप्रसाद पौडेल, शिक्षासेवी ठाकुरजंग राजभण्डारी, कोषका सल्लाहकार केबी राना मगर लगायतले मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रम कर्णबहादुर देबी कुमारी स्मृति कोषका अध्यक्ष रामबहादुर केसीको अध्यक्षता, महेन्द्र आचार्यको स्वागत र सचिव राजेन्द्र आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Articleयातायात व्यवसायी द्धारा यातायात व्यवस्था कार्यालय घेराउ
Next Article १७ वैशाख २०७५, ढोरपाटन दैनिक