बागलुङ, १४ बैशाख– ‘सत्य समाचार, फोटो पत्रकारितानै अन्तिम आधार’ भन्ने नाराका साथ राष्ट्रिय फोटो पत्रकारिता दिवश मनाईएको छ । नेपाल फोटो पत्रकार महासंघको आयोजनामा बिहिवार बागलुङमा प्रभातफेरीको आयोजना गरेपछि अन्तरक्रिया कार्यक्रम गरेर दिवश मनाइएको हो । फोटोको महत्व र प्रभावकारिता बिषयक छलफलमा पत्रकार महासंघका अध्यक्ष दिल शिशिषले विश्वसनीय पत्रकारिताका लागि फोटोको महत्व बढेर गएको बताए ।
साथै उनले पत्रकारहरुको मेहेनत खेर जान नदिनका लागि फोटो खिच्ने पत्रकारको नाम दिने र संचार गृहले पारिश्रमिक दिनुपर्नेमा जोड दिए । त्यस्तै औपचारिक कार्यक्रममा समाचारका लागि बोलाएर फोटो खिचिदिन भन्दै सित्तैमा फोटो माग्ने प्रवृत्तिको अन्त्यका लागि पनि पहल थाल्न सुझाव दिए । उक्त अवसरमा महासंघका पूर्व अध्यक्ष राजेशचन्द्र राजभण्डारी, सल्लाहकार ज्ञानेन्द्र गौतम, पत्रकारहरु राम थापा, प्रकाश बराल, बिजय राना, गणेश पौडेल, कमल पौडेल लगायतले बोलेका थिए ।
Previous Articleनेवार बालिकाहरुको सामुहिक बेल विवाह
Next Article ‘विकासका लागि दीर्घकालिन योजना’