बागलुङ, १४ बैशाख– नेवारहरुको संस्कृतिमा आधारित बालिकाहरुको सामुहिक बेल बिबाह कार्यक्रम बिहिवारदेखि शुरु भएको छ । नेपाल भाषा मंकाखलको आयोजना र बागलुङ समाज काठमाण्डौको सहकार्यमा भएको कार्यक्रममा बागलुङ बजारका १० जना बालिकाहरु सहभागि छन् । नेवारी परंपरा अनुसार महिनाबारी शुरु हुनु अघि बालिकाको बेल बिवाह गराउने चलन छ । यसरी बेल सँग बिबाह गराएपछि नेवारी महिलाहरु कहिले पनि बिधवा बन्नुपर्दैन भन्ने चलन छ । बिबाहमा अभिभावकले पनि चोखीनिष्ठा गर्ने चलन छ । बिवाहलाई दुइ दिन लगाइने चलन अनुसार बिबिहार पूर्वाङको काम भएको नेपाल भाषा मंकाखल बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताए । नेवार समुदायमा बालिका उमेरमै सिंदुर लगाउने चलन हुन्छ । बेल सँग बिबाह गरेपछि उनीहरुले सिंदुर लगाएका हुन् ।
Previous Article२०७५ वैशाख १४ गते शुक्रबारको राशिफल
Next Article फोटो पत्रकारिता दिवशमा प्रभातफेरी