बागलुङ, १३ बैशाख– डिभिजन सहकारी कार्यालय बागलुङले बुधबार सहकारीका अभिलेख स्थानीय तहमा हस्तान्तरण गरेको छ । नयाँ संघिय अभ्यास शुरु भएपछि डिभिजन कार्यालय नरहने भएकाले जिल्लाका १० वटै स्थानीय तहलाई सहकारीका सम्पूर्ण अभिलेख हस्तान्तरण गरिएको हो । अब अभिलेख हस्तान्तरण भए पछि सहकारी दर्ता देखी नियमन अनुगमन लगायतका सबै काम स्थानीय तहले गर्नेछन् ।
जिल्ला समन्वय समिति बागलुङका प्रमुुख राजेन्द्र ढुङ्गानाले एक कार्यक्रमका बीच ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली र प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेललाई प्रदान गरि अभिलेख हस्तान्तरण शुभारम्भ गरिएको थियो । डिभिजन सहकारी कार्यालयले अभिलेख हस्तान्तरण सँगै स्थानीय तहका प्रमुख उपप्रमुख तथा अधिकृतहरुका लागि दुई दिने सहकारी अभिमुखिकरण समेत शुरु गरेको छ ।
सो अवसरमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख ढुङ्गानाले सहकारीलाई यसको मूल्य मान्यतामा केन्द्रित गरेर सञ्चालन गर्ने बातावरणका लागि स्थानीय तहले सहयोगी, समन्वय र नियमनमा बिशेष ध्यान दिनुपर्ने बताए । कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी नारायण पाण्डे, नेपाल बचत तथा ऋण सहकारी संघका केन्द्रिय सञ्चालक चण्डिप्रसाद शर्मा, जिल्ला सहकारी सघंका अध्यक्ष दिपक गौतम, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम सहकारी बिभागका उपसचिव बद्रिनाथ अधिकारीको अध्यक्षता, डिभिजन सहकारी कार्यालयका प्रमुख बिष्णुप्रसाद शर्माको अध्यक्षता र भुपेन्द्र केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
Previous Article१७ गतेदेखि राष्ट्रपति रनिङ्ग शिल्ड
Next Article जैमिनी नगरपालिका पुर्ण खोपयुक्त घोषणा