बागलुङ, २० असोज – विजय दशमी तथा शुभ दिपावलीको अवसर पारी बागलुङमा क्रियाशिल पत्रकार र रोट्रयाक क्लवबीच बुधबार मैत्रीपूर्ण फुटबल प्रतियोगीता सम्पन्न भएको छ ।
बानपा–१ बाङ्गेचौर खेल मैदानमा भएको खेलमा ६ का विरुद्ध ९ गोल गर्दै रोट्रयाक क्लब विजयी भएको छ । पहिलो हापसम्म चारका विरुद्ध ६ गोल अन्तरले अग्रता लिएकोे पत्रकार समूहले दोस्रो हापमा आफ्नो खेलमा सुधार गर्न नसक्दा खेलको नतिजा विपरित बन्न पुगेको थियो ।
रोट्रयाक र पत्रकारबीचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगीताको आयोजना गरिएको हो ।
यसैबीच, बिग स्टोन युथ क्लब तित्याङ–४ बागलुङको आयोजनमा भएको दशै मेलाको दोस्रो दिन भलिबल प्रतियोगिताको पहिलो चरणमा १० समुहबीच खेल सम्पन्न भए ।
१० समुहबीच भएको खेलमा तित्याङ–६, सिगाना–७, सिगाना–४, बानपा–५, तित्यङ–८ विजयी भए । मेलामा घैटोफोर एवं छेलो प्रतियोगिता एवं विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।
Previous Articleआर्थिक समृद्विको मुद्दामा राजनीतिः पौडेल
Next Article सेतो गुराँसको साधारणसभा