बागलुङ, २० असोज – सांसाद चम्पादेवी खड्काले संविधानले बालवालिकाको हकअधिकार संविधानमा सुरक्षित भएकाले कार्यान्वयनमा लाग्नुपर्ने बताएकी छिन् ।
सेतोगुराँस बाल विकास सेवा बागलुङको १७ औँ वार्षिक साधारणसभाको अवसरमा बोल्दै खड्काले बालबालिकाको सुनिश्चित भविष्य निर्माणका लागि अभिभावकले समयमा नै सोच्नुपर्ने बताइन् ।
सेतो गुँरास बालविकास सेवाका अध्यक्ष महेशचन्द्र प्रधानको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी बिष्णुप्रसाद मिश्र, काँग्रेस सभापति दिपेन्द्रबहादुर थापा, एमाले अध्यक्ष श्रीप्रसाद शर्मा, राष्ट्रिय जनमोर्चाका अध्यक्ष अमर थापा, संघिय समाजवादी पार्टीका विरबहादुर नेपाली, संस्थाको आजिवन सदस्य तथा काभ्रका महिला विकास अधिकृत पुर्ण श्रेष्ठ, अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष भविकला रोका, बागलुङ नगरपालिका कार्यालय बागलुङका प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी, नेपाल रेडक्रस सोसाईटी बागलुङका सभापति जब्बरबहादुर लामिछाने, गैसस महासंघका अध्यक्ष मुक्तिराम सापकोटा, नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, समाजसेवी देवबहादुर श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
संस्थाले शिक्षित भविष्य कार्यक्रम, प्रारम्भिक बालविकास केन्द्रहरुको गुणस्तर अभिबृद्धि कार्यक्रम, प्रारम्भिक बालविकासको स्रोत तथा नमुना केन्द्र कार्यक्रम सञ्चालन गरेका छन् । जिल्लाको ३७ गाविस र १ नगरपालिकाका बालविकास केन्द्रमा कार्य गर्दै आएको छ । ३८ समुदायमा अभिभावक शिक्षा तथा सहकागिता कार्यक्रम, ६१ केन्द्रमा बालविकास केन्द्र, ५१ वटा विद्यालयमा बालबालिका समायोजन व्यवस्थापन कार्यक्रम, १ सय ५० परिवारको जिविकोपार्जनका लागि आयआर्जन कार्यक्रम गरेको जनाएको छ ।
साधारणसभाका अवसरमा सेतोगुंरासले स्थापना कालमा सहयोग गर्ने संस्थाकी आजिवन सदस्य तथा बागलुङका तत्कालिन महिला विकास अधिकृत पुर्ण श्रेष्ठ, बालबालिकाको क्षेत्रमा समाचार संकलन गरी प्रकाशन प्रसारण गर्न सहयोग गर्ने नागरिकका संवाददाता दिलिप पौडेललाई सम्मान गरिएको थियो ।
त्यस्तै संस्थामा कार्यरत बालविकास परिचालक वालविका केन्द्रका अध्यक्ष तथा सहजकर्ता, साझेदार संस्था सेभ द चिल्ड्रेनलाई सम्मान गरेको थियो । कार्यक्रमको सञ्चालन सेवाकी निर्देशक बिना कार्कीले गरेकी थिइन ।
Previous Articleमैत्रीपूर्ण फुटबलमा रोट्रयाक क्लब विजयी
Next Article २०७३ आश्विन २० गते बिहीबारको राशिफल