बागलुङ, ११ बैशाख- चैत २५ गतेबाट संचालन गरिने भनिता पनि वर्षाका कारण स्थगित भएको सातौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता बैशाख १७ गतेदेखि संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति बागलुङको मंगलबार बसेको बैठकले प्रतियोगिता बैशाख १७ देखि १९ गतेसम्म संचालन गर्ने निर्णय गरेको समितिका अध्यक्ष धन बहादुर परियारले जानकारी दिए ।
प्रतियोगीता सम्पन्न गर्नका लागि यस अगाडी नै बिभिन्न उप–समिती समेत गठन भैसकेको जिल्ला खेलकुद विकास समितीका अध्यक्ष धनबहादुर परियारले जानकारी दिए । प्रतियोगितामा जिल्लाभरका १ सय ४ सामुदायिक बिद्यालय र २८ संस्थागत बिद्यालयलाई सहभागिताको लागि पत्रचार गरिएको र नामदर्ता गराउन बाँकी रहेका विद्यालयहरुले पुनः नाम दर्ता गराउन सक्ने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।
प्रतियोगितालाई व्यवस्थित र मर्या्दित बनाउनका लागि आर्थिक, खेलमैदान, रेफ्री, अतिथी सत्कार, स्वयमसेवक, प्राथमिक स्वास्थय उपचार, भलिबल, कब्बडी लगायतका बिभिन्न उप–समितीहरु गठन गरीएको अध्यक्ष परियारले बताए । प्रतियोगिता संचालन गर्न ११ लाख ५१ हजार १ सय १० रुपैयाँ खर्च हुने जिल्ला खेलकुद विकास समितिले आँकलन गरेको छ । गत बर्षसम्म कक्षा १० सम्मका बिद्यार्थी मात्रै सहभागी हुन पाउने व्यवस्था रहेकोमा यस बर्षदेखी कक्षा १२ सम्मका १८ बर्ष उमेर नपुगेका बिद्यार्थी प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था रहेको जिल्ला खेलकुद बिकास समितीले जनाएको छ ।