बागलुङ, ११ बैशाख– जिल्लाकोे गल्कोटमा भएको भिषण आगालागिका कारण हजारौं हेक्टर क्षेत्रफलमा फैलिएको जंगल जलेर नष्ट भएको छ । गल्कोट नगरपालिका वडा नम्बर ९ मा रहेको जंगलमा आगालागि हुँदा एक हजार हेक्टर क्षेत्रफल जंगल जलेर भएको हो । शनिवारदेखी सुरु भएको आगालागि सोमबार सम्मपनी नियन्त्रणमा आउन नसकेका कारण मौरीभीर सामुदायिक बन र राष्ट्रिय बन गरि करिव १ हजार क्षेत्रफल जलेर नष्ट भएको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए ।
आगोले मौरीभीर सामुदायिक बन, सानोझिर्का बन क्षेत्र, काप्राधारा बन क्षेत्र, अगुल्टे बन क्षेत्र, रातपहरा बन क्षेत्र, लिस्नो लाउनी बन क्षेत्र, माटडारा बन क्षेत्र जलेर नष्ट भएको बिकले बताए । उनका अनुसार आगालागीको उच्च जोखिममा रहेको बाङ्गेसल्लाको बस्ती भने प्रहरी प्रशासन, स्थानिय, वडा प्रतिनिधि लगायतको सयुक्त टोलीले सुरक्षित पारेको छ । गल्कोट नगरपालिका ९ को बाङ्गेसल्लाका करिब २२, २३ घरधुरी आगालागीको उच्च जोखिममा रहेका थिए । करिब ५० जनाको टोलीले केहि मात्रामा आगो नियन्त्रण गरे पनि पुर्ण रुपमा आगो नियन्त्रणमा ल्याउन नसकिएको बिकले जानकारी दिए । भिरालो र सल्लाका रुखहरु बढी भएका कारण आगो मल्मको छिसतिर गएको छ । मानवीय क्षेति नभए पनि सम्पुर्ण बन क्षेत्र जल्दा करोडौको क्षति भएको स्थानिय लिलाम्बर गौतमले बताए ।
Previous Articleअञ्चल अस्पतालमा सुरु भयो डायलाइसिस सेवा
Next Article ‘सबै विषयमा सहमति जुटाई वैशाखभित्रमा नै पार्टी एकता’