बागलुङ, ११ बैशाख–लामो प्रतिक्षा पछि धौलागिरी अञ्चल अस्पतालमा डायलाईसिस सेवा सोमबार देखी सुरु भएको छ । आवश्यक उपकरण सरकारले उपलव्ध गराउँदा समेत जनशक्तिको अभावमा सेवा सञ्चालनमा ल्याउन नसकेको अस्पतालले सोमबार देखी सुवा सुचारु गरेको हो । डायलाइसिस सेवा धौलागिरीमा नै पहिलो पटक सुचारु भएको अस्पताल बिकास समितिले जनाएको छ ।
मृगौलाका विरामीलाइ निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले गत वैशाखमा अञ्चल अस्पतालमा उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा १ वर्ष देखी मेसिन थन्किएको अस्पताल प्रसासनले जनाएको छ ।
एब बर्ष अघिको सरकारले सबै अञ्चल अस्पतालमा डायलासिस सेवा सुचारु गर्ने उद्देश्यले उपकरण पठाईए पनि दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पतालले सेवा सुचारु गर्न सकेको थिएन । सेवा सुचारु नहुँदा धौलागिरीका सयौं मृगौलाका विरामी उपचारबाट बन्चित भएका थिए । अस्पतालले सोमबार सफल परिक्षण पश्चात औपचारिक रुपमा सेवा संचालन गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.सागर कुमार राजभण्डारीले बताए ।
राजभण्डारीका अनुसार अस्पतालमा रहेको दुई वटै मेसिन बाट सेवा सुचारु गरिएको छ । सेवा संचालनका लागि दुई जना डाक्टर दुई स्टाफ नर्स एक प्राविधिक र एक कार्यालय सहयोगी गरी ६ जनाको टोली खटिने छ । बागलुङमा करिब ३० भन्दा बढि मिर्गौलाका विरामी रहेको डा.राजभण्डारीले बताए । ‘उनिहरुलाई अस्पतालबाट सहज रुपमा नियमिति सेवा दिनेछौं’ उनले भने, ‘दुई वटा मेसिनबाट दैनिक ४ जनाको सम्म उपचार गर्न सकिन्छ ।’
Previous Article११ बैशाख २०७४, धौलागिरी स्टार साप्ताहिक
Next Article आगालागीका कारण हजारौं हेक्टर जंगल नष्ट