चितवन, ११ बैशाख -बैशाखभित्रै एकता हुने गरी १४ बैशाखमा एमाले-माओवादी केन्द्रबीच एकताको नयाँ मिति घोषणा हुने दावी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गरेका छन्। मंगलबार गृहजिल्ला चितवन पुगेक अध्यक्ष प्रचण्डले १४ बैशाखभित्र सबै विषयमा सहमति जुट्ने र एकताको नयाँमिति घोषणा हुने बताएका हुन्। ‘बैशाख १४ भित्र सवै समझदारी हुनेछ, त्यसलगत्तै पार्टी एकिकरणको मिति घोषणा हुनेछ’ प्रचण्डले भने, ‘पार्टी एकिकरणमा कुनै जटिलता छैन।’ आफू र एमाले अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण एकिकरणमा ढिलाई भएको दावी पनि उनले गरे। ‘एकिकरणमा कुनै जटिलता छैन’ उनले भने, ‘दुई अध्यक्षले समय निकाल्यौँ छिट्टै टुंगोमा पुग्नेछौं।’
एकिकरणपछि पछुताउनु भन्दा अघि नै समय लिनु राम्रो भएको बताउँदै उनले केही दिन ढिलाई हुँदैमा एकता हुनेमा आशंका नगर्न आग्रह गरे।पार्टी स्थापना दिवसको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले भनेको एउटा बाक्यको प्रष्टिकरण दिने प्रयास पनि प्रचण्डले गरे। सो अवसरमा पार्टी एकताको सन्दर्भमा ओलीले खुट्टा काटेर भएपनि जुत्ताको साइजमा ल्याइने बताएका थिए। ‘ओलीजीले प्रतिकात्मक अर्थमा खुट्टा ताछेर भएपनि जुत्ता लगाउने भन्नु भएको होड उनले भने, ‘सबै कुरा मिलिसकेपछि संख्याको कुरा पनि मिल्छ ।’
‘सबै विषयमा सहमति जुटाई वैशाखभित्रमा नै पार्टी एकता’
Previous Articleआगालागीका कारण हजारौं हेक्टर जंगल नष्ट
Next Article ‘रगत उमालेर’ जनअान्दाेलन उठाउने अर्जुन पराजुली