बागलुङ, ११ बैशाख– बागलुङ नगरपालिका–१२ अमलाचौरका वडा अध्यक्ष गुरुदत्त पाठकले वडा भित्रका एक जना बिपन्न बालकलाई बिद्यालय भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका छन् । पाठकले अमलाचौरको पृथ्वी माध्यामिक बिद्यालयमा अध्ययनरत छात्रा आशिष पौडेललाई कक्षा ४ मा भर्ना गर्दै अभिभावकत्व ग्रहण गरेका हुन् ।
आर्थिक रुपले बिपन्न परिवारका छात्रा पौडेललाई बर्षभरि बिद्यालयमा लाग्ने सबै खर्च ब्यहोर्ने गरी अभिभावकत्व ग्रहण गरेको पाठकले बताए । कक्षा ४ मा भर्ना भएका पौडेललाई आवश्यक कापी कलम र किताब उपलव्ध गराईसकीएको र पोशाक लगायत बिद्यालयमा हुने अन्य सबै खर्च व्यहोर्ने गरी अभिभावक बनेको पाठकले जानकारी दिए ।
बिपन्न बालकको अभिभावक बन्न पाएको खुसी व्यक्त गर्दै पाठकले नेपाल सरकारले घोषाणा गरेको भर्ना अभियानमा आफुले एउटा इट्टा थपेको दाबी गरे । ‘वडा भित्रका बिद्यार्थीको यसै पनि हामी अभिभावक हो’ पाठकले भने ‘आर्थिक रुपले निकै कमजोर परिवारका बालबालिकालाई सघाउन पाउँदा खुशी लागेको छ ।’ पौडेललाई लिएर बिद्यालय पुगेका पाठकले बिद्यालयको रजिष्टरमा अभिभावकको रुपमा हस्ताक्षर गर्दै एक बर्षको सबै खर्च व्यहोर्ने घोषणा गरेका थिए ।